Tuesday 25 February 2020

तनहुँको म्याग्देमा मगर दिवसमा सार्वजनिक बिदा

१४ फागुन, दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी राना आलेले जानकारी दिइन् ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।

विसं २०६८ को जनसङ्ख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ । कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसङ्ख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार १७५ रहेको छ ।



source https://www.onlinekhabar.com/2020/02/839711

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More