सन्तान थरीथरीका भन्ने भनाइ नै छ । यो दुनियाँमा अनेकखालका मान्छे हुन्छन् । मान्छेले गर्ने हरेकखालका कामहरूका पछाडि आफ्ना आफ्ना तर्क दिन्छन् । बेलायतमा एकजना यस्ता व्यक्ति छन् जसले दुनियाँमा सायदै अरू मानिसले खाने चिज खाइरहेका छन् ।
३२ वर्षका ती पुरुषले आफ्नो मूत्र पिउने गर्दछन् । पिसाब पिउनाले लामो समयसम्म जवान भइने तर्क उनको छ । पछिल्लो ४ वर्षदेखि उनले हरेक बिहान आफ्नो अघिल्लो दिन संकलन गरेको बासी पिसाब पिउने गरेका छन् ।
इंगल्याण्डको ह्याम्पसायरमा बस्ने ह्यारी मतादिन नामका ती युवकका अनुसार दिनहुँ पिसाब पिउनाले उनलाई डिप्रेसनबाट छुटकारा मिलेको छ ।
आफूले हरेक दिन २ सय मिलिलिटर बासी पिसाब पिउने गरेको उनी बताउँछन् । त्यसरी पिउने पिसाब एक हप्तादेखि एक महिनासम्म पुरानो हुने गरेको छ ।
बासी पिसाबमा एन्टी एजिङ अर्थात् बुढोपना रोक्ने तत्व पाइन्छ । त्यसकारण उनले पछिल्लो ४ वर्षदेखि आफ्नो पिसाब पिउँदै आएका छन् ।
ह्यारी पहिले डिप्रेसनको रोगी थिए । आफ्नो खराब स्वास्थ्यकै कारण उनले पिसाब पिउने निर्णय गरेका थिए ।
उनले मार्था क्रिस्टीको किताब ‘योर अउन परफेक्ट मेडिसिन’ पढेका थिए । त्यसबाटै उनलाई युरिन थेरापीको बारेमा थाहा भयो । युरिन थेरापीको बारेमा राम्रोसँग बुझ्नका लागि त्यसपछि उनी विभिन्न फेसबुक ग्रुपहरूमा आबद्ध भए र थप कुरा बुझे पनि । विज्ञहरूसँग समेत कुरा गरेर उनले युरिन थेरापीको फाइदाका बारेमा जानकारी लिए । अनि आफ्नै पिसाब पिउने उपचार पद्धति सुरु गरे ।
सुरु सुरुमा पिसाबको गन्ध नराम्रो लाग्ने र पिउन कठीन हुने भए पनि अहिले बानी परिसकेको उनी बताउँछन् ।
एजेन्सीको सहयोगमा
source https://www.onlinekhabar.com/2020/02/839925
0 comments:
Post a Comment