Thursday 27 February 2020

अर्पणको ‘तीन जन्तु’मा सौगातदेखि रविनसम्म

नायक अर्पण थापा नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । अर्पणले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘तीन जन्तु’ राखिएको छ । यो चलचित्रमा नायक सौगात मल्ल, कलाकार रविन तामाङ र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहनेछ । निर्देशक थापा पनि चलचित्रको मुख्य भूमिकामा देखिदैछन् ।

यो चलचित्रको छायांकन केही दिनमै सुरु हुुँदैछ । चलचित्रको बिषयमा अन्य केही जानकारी दिइएको छैन ।

चलचित्रको छायांकनका लागि यसको टिम केही दिन मुस्ताङतर्फ लाग्ने वुझिएको छ । अर्पणले यसअघि ‘मुखौटा, आधा लभ, घर’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् । तर, अर्पण चलचित्र निर्देशनमा भने सफल छैनन् । यसैले, उनका लागि ‘तीन जन्तु’ विशेष छ ।



source https://www.onlinekhabar.com/2020/02/840187

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More