पीरियड अर्थात मासिक श्राव एक निश्चित अवधीमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिनमा पनि मासिक श्राव हुनसक्छ । २८ देखि ३२ सम्मको समयावधीलाई सामान्य मानिन्छ ।
तर, जब नियमित रुपमा भइरहेको मासिक श्राव निश्चित समय हुँदैन, हामीमा अनेक आशंका उब्जन्छ । पहिलो आशंका, कतै गर्भ त रहेन ?
खासगरी बिवाहित महिलामा यस्तो प्रश्न उब्जन सक्छ, जो नियमित सहवासमा हुन्छिन् । यससँगै उनीहरुको मनमा अर्को प्रश्न आउँछ, मासिक श्राव भएको कति दिनपछि गर्भ रहन्छ ? गर्भवती भएको कसरी थाहा पाउने ? महिनावरीको कति दिनपछि वा अघि प्रेगनेन्सी टेस्ट गर्ने ?
पीरियडअघि प्रेगनेन्सीबारे कसरी थाहा पाउने ?
– पीरियड मिस हुनसाथ गर्भ रह्यो वा रहेन भनेर स्पष्ट हुनका लागि बजारमा केहि किसिमका प्रेग्नेन्सी टेस्ट किट पाइन्छ । यसको माध्यामबाट पीरियडअघिको प्रेगनेन्सी थाहा हुन्छ ।
– प्रेग्नेन्सी टेस्टका लागि सही समय चाहिन्छ । यदि समयभन्दा अगाडि नै टेस्ट गरियो भने त्यसको नतिजा गलत पनि आउनसक्छ ।
– पेगनेन्सी टेस्ट किटबाट पीरियड मिस भएको पाँच दिन पछि महिलामा गर्भ रहेको वा नरहेको थाहा पाउन सकिन्छ । त्यसबेला आएको नतिजा सही हुनसक्छ ।
– गर्भ रहेको लक्षण देखियो भने मासिक श्राव हुनुअघि नै प्रेगनेन्सी टेस्ट गर्न सकिन्छ । यदि रिजल्ट नेगेटिभ आयो भने मासिक श्राव मिस भएपछि प्रेगनेन्सी टेस्ट गरौं ।
मासिक श्राव भएको कति दिनपछि जाँच गर्ने ?
– जब महिला प्रेग्नेन्ट हुन्छ, तब उनको शरीरमा एचसिजी हर्मोन बढ्छ । यहि हर्मोनको आधारमा महिला गर्भवती भएको थाहा हुन्छ ।
– पीरियड मिस भएपछि पहिलो दिन महिलाको शरीरमा यस हर्मोनको मात्र यति धेरै बढ्छ कि, प्रेग्नेन्सी टेस्ट गर्न सकिन्छ ।
– प्रेग्नेन्सीको सटीक जानकारी पाउनका लागि पीरियड लेट भएको केहि दिनसम्म पर्खनुपर्ने हुन्छ ।
– सही रिजल्ट पाउनका लागि पीरियड मिस भएको पाँच वा १० दिनमा प्रेग्नेन्सी टेस्ट गर्नुपर्छ ।
पीरियडपछि प्रेग्नेन्ट हुने सही समय
– मासिक स्राव भइसकेपछिको समय गर्भवती हुने सही समय हो ।
– यदि पीरियड पाँच दिनसम्म चल्यो र त्यसपछि तुरुन्तै पार्टनरसँग सम्बन्ध भयो भने, गर्भ रहने संभावना बढी हुन्छ ।
– मासिक श्राव सकिएको ११ दिनपछि पनि शारीरिक सम्पर्क भयो भने गर्भ रहने संभावना हुन्छ ।
– पीरियड सुरु हुनुअघि लगभग १२ देखि १४ दिनअघि ओभ्युलेशनको समय हुन्छ, जो पीरियडको सात दिनअघिसम्म रहन सक्छ । यस अवधीमा यदि शारीरिक सम्पर्क भयो भने गर्भ रहने अधिक संभावना हुन्छ ।
पीरियड्स मिस हुनसाथ प्रेगनेन्सीको पहिलो लक्षण के हो ?
– स्तनमा भारीपन महसुष हुनु ।
– बढी थकान अनुभव ।
– वान्ता हुनु ।
– धेरै पिसाब आउनु, कब्जियत हुनु ।
– पेटमा ग्यास हुनु, छातीमा जलन हुनु ।
– मुखको स्वाद बिग्रनु ।
source https://www.onlinekhabar.com/2020/02/839677
0 comments:
Post a Comment