Wednesday, 26 February 2020

प्रधानमन्त्री सचिवालयको दाबीमा विनोद चौधरीको खण्डन

१५ फागुन, काठमाडौं । उद्योगपति विनोद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउने लागेको आरोपको खण्डन गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई दोहोर्‍याउने भन्दै निर्णय कार्यान्वयन नगर्ने बताएका छन् ।

खतिवडालाई रोक्नकै लागि गौतमलाई अगाडि सारिएको र नेपाली कांग्रेसका सांसद विनोद चौधरीसहित केही व्यापारी समेतको पहलमा डिनर मिटिङ गरेर योजना बनेको सूचना पाएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको थियो ।

यो पनि पढ्नुहोस ओलीले माधव नेपाललाई भने– सचिवालयको निर्णय कार्यान्वयन गर्न सक्दिनँ

कांग्रेस सांसद समेत रहेका उद्योगपति चौधरीले भने त्यसको खण्डन गरेका छन् । ‘अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागेको भनेर प्रकाशित आख्यान श्वैर कल्पनाशीलताको नमुना हो,’ चौधरीले ट्वीट गरेका छन्, ‘खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनको उल्लेखनीय योगदान पुर्‍याएका विज्ञ हुनुहुन्छ । उहााको बहिर्गमन र आगमन नितान्त उहााकै पार्टीको आन्तरिक विषय हो ।’



source https://www.onlinekhabar.com/2020/02/839924

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More