१३ फागुन, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पाउने भएको छ । एक लाख दश हजार रुपैयाँ राशीको पुरस्कार आगामी १ चैतमा प्रदान गरिने मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिएका छन् ।
२०६४ को संंविधानसभा निर्वाचनका बेला पूर्व सचिव पोखरेल प्रमुख निर्वाचन आयुक्त थिए । सन् २००८ मा वंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०/११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा पोखरेललाई संयुक्त राष्ट्रसंघका महासचिवले उच्च स्तरीय प्यानलमा नियुक्त गरेका थिए ।
२०१५ मा म्याङमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह–अध्यक्ष थिए ।
source https://www.onlinekhabar.com/2020/02/839451
0 comments:
Post a Comment