Friday 28 February 2020

नेपालगञ्जका किशोरीलाई आत्मरक्षा तालीम

१७ फागुन, बाँके । महिला तथा किशोरीको आत्मरक्षाका लागि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ ।

कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् ।

तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगञ्जको रङ्गशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने शाखा अधिकृत पाण्डेले जानकारी दिइन् ।



source https://www.onlinekhabar.com/2020/02/840410

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More