Saturday, 11 April 2020

घाइते भनेर यात्रु बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

३० चैत, हेटौंडा । दुर्घटनाको घाइते बोकेको भन्दै लकडाउन तोड्ने एम्बुलेन्सलाई प्रहरीले हेटौंडाको सीमाचोकबाट नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका घाइतेलाई भरतपुर लैजाने भन्दै रौतहटबाट ७ जना यात्रु लिएर आएको ना ४ च ८३२ नम्बरको एम्बुलेन्सलाई पूर्वपश्चिम राजमार्गमा पर्ने सीमाचोकबाट नियन्‍त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रौतहटको शान्ति नगर टोल विकास समितिले सञ्चालन गरेको एम्बुलेन्सले लकडाउनको समयमा यात्रु बोकेको हो ।

एम्बुलेन्समा रहेका यात्रुले भरतपुर जाने र चालकले काठमाडौं जाने बताएका प्रहरिले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/04/853710

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More