Saturday, 11 April 2020

चीनमा बढे संक्रमितको संख्या, मृत्यु हुनेको संख्या शून्य

३० चैत, काठमाडौं । चीनमा शनिबार कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । चीनको नेसनल हेल्थ कमिसनले आइतबार दिएको जानकारी अनुसार शनिबार चीनमा ९९ नयाँ संक्रमित फेला परेका हुन् ।

शुक्रबार चीनमा केवल ४६ नयाँ संक्रमित फेला परेका थिए भने तीन जनाको मृत्यु भएको थियो । तर, शनिबार यो भाइरसबाट मृत्यु हुनेको संख्या भने शून्यमा झरेको छ ।

यससँगै चीनमा समग्र संक्रमितको संख्या पनि ८२ हजार ५२ पुगेको छ । मृत्यु हुनेको संख्या भने तीन हजार तीन सय ३९ मा यथावत छ । अहिलेसम्म ७७ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

शनिबार देखिएका ९९ नयाँ संक्रमितमध्ये ९७ संक्रमित बाहिरबाट आएका हुन् । पछिल्लो समय मुलुकमा कोरोना भाइरस नियन्त्रणमा आएसँगै चीनले बाहिरबाट आउने मानिसहरुमा कडाइ गर्न थालेको छ । भाइरस नियन्त्रणमा आएसँगै चीनमा बिस्तारै मानिसहरु काममा फर्किन थालेका छन् ।

शनिबार थप ६३ जना लक्षण नदेखिएको संक्रमित पनि भेटिएका छन् । जसमध्ये १२ जना बाहिरबाट आएका संक्रमित हुन्। अहिले चीनमा मेडिकल निगरानीको क्रममा एक हजार ८६ जना लक्षण नदेखिएका बिरामी छन्।



source https://www.onlinekhabar.com/2020/04/853709

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More