२८ चैत, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले दीर्घरोगीहरुले नियमित सेवन गर्ने औषधि निशुल्क उपलब्ध गराउन सुरु गरेको छ ।
लकडाउनका कारण दीर्घरोगका बिरामीहरुले नियमित सेवन गर्ने औषधि अभाव हुन नदिनका लागि गाउँपालिका आफैंले औषधि खरिद गरेर मंगलबारदेखि वितरण सुरु गरेको हो ।
मधुमेह, उच्च रक्तचाप, मुटु रोग तथा अन्य जटिल रोगका बिरामीहरुले सेवन गर्ने औषधिहरु बिरामीको घरमै पुगेर वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार नेपाल सरकारले निशुल्क उपल्ध गराउने बाहेकका औषधि बिरामीलाई उपलब्ध गराएको हो ।
सबै वडामा रहेका दीर्घरोगका बिरामीहरुलाई भेटेर चिकित्सकको सल्लाह अनुसार आवश्यकता हेरेर औषधी उपलब्ध गराइएको उनले बताए ।
‘कोरोना भाइरस ९कोभिड १९० को संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेका कारण बिरामीहरुले नियमित सेवन गर्ने औषधि अभाव भएपछि गाउँपालिकाले नै औषधी खरिद गरेर घरमै पुर्याउने व्यवस्था गरेका हौं,’ अध्यक्ष शेर्पाले भने ।
बिरामीलाई आवश्यक पर्ने औषधि उपलब्ध गराउन गाउँपालिकाले २ वटा निजी मेडिकलसँग समन्वय गरेको उनले बाए । लकडाउन अवधिभरका लागि मात्रै निशुल्क औषधि वितरण गर्ने योजना रहेको उनले बताए । नियमित औषधि सेवन गर्ने बिरामीहरुले औषधि सकिएको जानकारी स्वास्थ्यकर्मीमार्फत गराउनु पर्ने उनले बताए ।
गाउँपालिकाले राहत वितरण नगर्ने
प्रत्येक स्थानीय तहले विपन्न, गरिब तथा मजदुर परिवारलाई राहत वितरण गरिरहेको भएपिन हेलम्बु गाउँपालिकाले भने तत्काल राहत वितरण नगर्ने भएको छ । राहतमा सबै जनताले दाबी गर्ने भएका कारण तत्काल राहत वितरण नगरिने अध्यक्ष शेर्पाले बताए । उनले भने, ‘प्रत्येक परिवारसँग १/२ महिना खान पुग्ने खाद्यान्न छ । खानै नपुग्ने कोही छैन । एक व्यक्तिलाई दिँदा अर्को व्यक्तिले पनि राहत चाहियो भनेर अनावश्यक विवाद गर्छन् । त्यसैले तत्काल राहत वितरण गर्ने योजना छैन ।’
अध्यक्ष शेर्पाले अप्ठ्यारोमा परेकालाई उसको अवस्था हेरेर वडालाई सिफारिस गर्न आग्रह गरिएको र अहिलेसम्म राहतको लागि कसैले पनि माग नगरेको बताए । सघंसस्थाले बाँड्ने राहतमा पनि गाउँपालिकाले रोक लगाएको छ । यदि राहत बाँड्न चाहेमा गाउँपालिकाको विपत व्यवस्थापन कोषमा सहयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
सिन्धुपाल्चोककै पाचँपोखरी थाङपाल गाउँपालिकाले पनि सूचना जारी गदै राहत विवरण नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको सकंमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर संघसंस्थाहरुलाई राहत वितरणमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । उनले भने, ‘समाजिक दुरी कायम गर्न र सम्भावित खतरालाई मध्यनजर गदै यस गाउँपालिकामा राहत वितरणमा रोक लगाएका हौं ।’
गाउँपालिकाका अनुसार यदि राहत वितरण गनै पर्ने भए जिल्ला प्रशासन कार्यलयको अनुमतिमा गाउँपालिकामा दर्ता भई सम्बधित वडाको सहकार्यमा मात्र राहत वितरण गर्न सकिने छ ।
source https://www.onlinekhabar.com/2020/04/853142






0 comments:
Post a Comment