Thursday, 9 April 2020

रातो मच्छिन्द्रनाथको जात्रा स्थगित

२८ चैत, काठमाडौं । ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ ।

शुक्रबारदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ ।

बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो ।

तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य स्थगित भएको हो ।

यो पनि पढ्नुहोस रातो मच्छिन्द्रनाथलाई स्नान गराइयो, रथ उठाउने विषयमा अलमल

स्थगित भएको सो रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको  गुठी संस्थान र ज्यापु समाजले विज्ञप्तिमा जनाएको छ ।

हामोकी अर्थात् रथको जग हाल्ने अघिल्लो दिन बिहीबारसम्म रथयात्रा गराउने वा नगराउने विषयमा अन्योल नै थियो ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु  गर्ने चलन छ ।

हेर्नुहोस् विज्ञप्ति



source https://www.onlinekhabar.com/2020/04/853138

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More