Saturday, 4 April 2020

कोबी ब्रायन्ट बास्केटबल हल अफ फेम सूचीमा

काठमाडौं । गत जनवरीमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका अमेरिकन बास्केटबल स्टार कोबी ब्रायन्टलाई एनबीएको हल अफ फेम सूचीमा राखिने भएको छ ।

कोबीसँग ८ जनाको सूची शनिवार सार्वजनिक भएको हो । जसमा टम डकन केभिन डुरान्ट पनि छन् ।

हल अफ फेम ड जेम्स नइस्मथिको नामबाट प्रदान गरिँदै आएको छ । क्यानडियन फिजिसियन नइस्मिथले बास्केटबलको शुरुवात गरेका थिए ।

बास्केटबलमा गरेको योगदानको कदर गर्दै कोबी लगायतला हल अफ फेममा राखिने भएको हो ।

पाँच पटक एनभिए च्याम्पियन बनेका ४१ वर्षीय कोबीको गत जनवरीमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । जसमा उनको १३ वर्षीय छोरी जियानासहित अरु ७ जनाको पनि मृत्यु भएको थियो ।

कोबीले ओलम्पिकमा पनि अमेरिकाको लागि दुई पटक स्वर्ण जितेका थिए ।

लस एन्जल्स लेर्कसका लिजेण्ड कोबीले सन् २०१६ मा सन्यास लिएका थिए । उनी सन् २००८ मा एनबीए मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका थिए । २० वर्ष लेकर्सका लागि खेलेका कोबीले पाँच पटक एनभीए उपाधि जितेका थिए ।



source https://www.onlinekhabar.com/2020/04/851382

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More