Saturday, 4 April 2020

उद्योग प्रतिष्ठान कोरोना हब बन्ने श्रमिक संघको चिन्ता

२३ चैत, वीरगञ्ज । श्रमिकहरुले उद्योग प्रतिष्ठान सञ्चालन गर्दा कोरोनाको हब बन्ने चिन्ता व्यक्त गरेका छन् ।

सरकारले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय गरे लगत्तै नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघले चिन्ता व्यक्त गर्दै विरोध गरेको हो ।

संघका अध्यक्ष अमृतलाल जोशीले विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा उद्योगहरु संचालन भएमा प्रतिष्ठान नै कोरोना हबका रुपमा रुपान्तरित हुन सक्ने खतरा रहेको तर्फ ध्यानाकर्याण गराएका छन् । सरकारले गरेको उक्त निर्णय सच्याउन विज्ञप्तिमा आग्रह गरिएको छ ।

‘लक डाउनको अवधिमा धौषधि तथा अत्यावश्यक वस्तु उत्पादन गर्ने कलकारखाना चलाउन निर्णय समेत पहिले नै भइसकेको हो ।

चैत २० गते पनि सोही किसिमको निर्णय सरकारबाट भएको छ । कारखाना परिसरभित्र श्रमिकहरुलाई राख्ने ब्यवस्था गरी कल कारखाना चलाउन सक्ने सरकारको सूचनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘हामी श्रमिक हौं । उद्योग संचालन हुनुपर्छ भन्छांै । तर अत्यावश्यक वस्तु उत्पादन गर्ने हाल संचालनमा रहेका उद्योगहरुमा कार्यरत श्रमिकहरुको लागि सुरक्षित बास स्थान, मास्क, सेनिटाईजस तथा सफा र स्वस्थ्य खानाको ब्यवस्था जस्ता मापदण्ड हुनु पर्नेमा त्यसको व्यवस्था छैन,’ अध्यक्ष जोशीले भने, ‘कुनै अनुगमन गर्ने संयन्त्र पनि छैन । यस्तो अवस्थामा उद्योगहरु संचालन भएमा प्रतिष्ठान नै कोरोना हब को रुपमा रुपान्तरित हुन सक्छ ।’

महिला श्रमिकहरु घर परिवार छोडेर कारखाना परसिरमै बस्न सम्भव नहुने, कारखाना पूर्ण क्षमतामा चल्न नसक्ने अवस्थामा केही श्रमिकले मात्र काम पाउने हुँदा औद्योगिक विवाद सिर्जजना हुन सक्ने उनी बताउँछन् ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको थियो ।

 



source https://www.onlinekhabar.com/2020/04/851375

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More