Saturday, 4 April 2020

घर सजावटको कुरा : टायल्स चम्काउने विधि

टाइल्सले घरलाई आधुनिक त देखाउँछ नै, त्यसको साथ–साथै घरलाई सुन्दर, सफा देखाउन पनि सहयोग पु¥याउँछ । शुरुमा भान्छा र बाथरुममा मात्र टाइल्स्को प्रयोग हुने गरेकामा हिजोआज घरको कौशी, बरण्डादेखि पार्किङ र आँगनसम्म पनि टाइल्स लगाउने चलन बढ्दै गएको छ ।

अझ हिजोआज त टाइल्स घरको भुईमा मात्र नभएर घरको भित्ताहरुमा समेत टाइल्स लगाउने चलन बढ्दै गएको छ । त्यसरी घर निर्माणमा टाइल्सको महत्व दिन–दिनै बढ्दै गएको छ । झट्ट हेर्दा राम्रो देखि र त्यति धेरै महंगो पनि नपर्ने भएकाले अहिले हरेक घरमा टाइल्सको प्रयोग निकै बढेको हो । हिजोआज बजारमा विभिन्न आकार, डिजाइन, बुट्टा तथा रंगहरुमा टाइल्स उपलब्ध छन् । त्यस्ता टाइल्सहरुको  मुल्य तिनीहरुको गुणस्तर  र ब्राण्ड अनुसार फरक-फरक हुन्छ ।

जुन घर व्यवस्थित र सफा घर हुन्छ, त्यसको सम्पूर्ण क्रेडिट गृहिणीलाई दिइन्छ । शुरुमा घरको भुईँ माटो अथवा इट्टा र सीमेन्टको हुन्थ्यो । हरेक कुरामा परिर्वतन भए झै भुईँमा माटो, ईंटा र सीमेन्ट स्थान टाइल्सले लिएको छ ।

टाईल्स देख्दा जति आकर्षक हुन्छ, त्यसलाई सफा गर्न पनि त्यति नै सजिलो छ । यदि टाइल्सलाई चम्काएर राख्ने हो भने घर एकदम सुन्दर देखिन्छ । तर त्यही टाइल्समा सानो दाग अथवा फोहोर लाग्यो भने त्यसको शोभा बिग्रन सक्छ । टाइल्सलाई सफा राख्न घरको लागि मात्र नभइ रोगहरुबाट सुरक्षित रहनका लागि पनि यसको सफाई आवश्यक हुन्छ । त्यसैले यहा केही त्यस्ता सजिला र प्रभावकारी जानकारीहरु प्रस्तुत गरेका छौं, जसले तपाईंको टाइल्सलाई सुन्दर,आकर्षक र चम्किलो बनाउछ ।

कम समयमा नै आफ्नो घरको टाइल्स सफा गर्नु छ भने कागती काट्नुहोस् । त्यसको रसलाई बाल्टिनमा निचोर्नु होस् । कागतीको रसमा पानी मिसाउनु होस् र टाइल्स लगाइएको भुई पुछ्नुहोस् ।

त्यस्तै टाइल्समा कागती रगडेर १० देखि १५ मिनेटसम्म त्यसै छाडिदिनु पर्छ । एक छिनपछि नरम चिसो कपडाले पुछ्नु पर्छ । त्यसो गर्नाले टाइल्समा लागेको दाग हट्छ ।

टाइल्स लगाइएको भुईंमा चिया, कफि अथवा अन्य कुनै पुराना दाग लागेका छन् भने यिनीहरुलाई सफा गर्नका लागि भेनेगरको प्रयोग गर्न सकिन्छ । त्यसका लागि तातो पानीमा थोरै भेनेगर मिसाउने र त्यसले टाइल्स सफा गर्ने । त्यसपछि साबुन अथवा सर्फ मिसाएको तातो पानीले सफा गर्नु पर्छ । त्यसो गर्दा सबै दाग हट्छ ।

पेराफीन र नुनमा कपडा भिजाएर टाइल्स सफा गर्नाले यसको चमक यथावत रहन्छ । रात भरी टाइल्समा ब्लिचिङ पाउडर लगाएर राख्ने र बिहान त्यसलाई सफा गर्ने । त्यसो गर्दा टाइल्स चमक्क चम्किन्छ ।

लिक्विड अमोनिया र साबुनको घोलले पनि टाइल्सलाई सफा गर्न सकिन्छ । एक बाल्टी पानी लिने र त्यसमा १ कप अमोनिया र साबुनको घोल मिलाएर टाइल्स सफा गर्नु पर्छ ।

तपाईं आफ्नो घरको टाइल्स लगाइएको भुईं सफा गर्नका लागि इथानोलको प्रयोग पनि गर्न सक्नु हुन्छ । एक बाल्टि पानीमा १ चम्चा इथानोल मिसाएर भुईं सफा गर्नु पर्छ । त्यसो गर्दा टाइल्समा भएका सबै दागहरु हट्छ ।

तपाईं टाइल्समा लागेको दाग हटाउनका लागि आलूको पनि प्रयोग गर्न सक्नु हुन्छ । आलूलाई काटेर त्यसलाई टाइल्समा रगड्नु पर्छ । त्यसलाई १५ मिनेटसम्म त्यसै छाडिदिनु पर्छ र पछि तातो पानीले सफा गर्नु पर्छ । टाइल्स एकदम नयाँ जस्तै चम्किलो हुन्छ ।

सेतो टाइल्स सफा गर्नका लागि ७५ प्रतिशत पानीमा २५ प्रतिशत ब्लिच अथवा अक्सिजन ब्लिच मिसाएर रगड्ने अथवा ब्रश लगाउदै सफा गर्नु पर्छ ।

टाइल्स पुछ्दा पानीमा सर्फ मिसाउनु पर्छ र त्यसको घोलले टाइल्स सफा गर्नु पर्छ । तपाईंले दिनहुँ त्यसरी टाइल्स सफा गर्नाले तपाईंको घरको भुईं सधैं चम्किलो भैरहन्छ ।



source https://www.onlinekhabar.com/2020/04/851373

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More