Monday, 6 April 2020

नवनियुक्त गभर्नरको सपथ आज

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले सपथ लिन लागेका हुन् ।

सपथ अहिले बिहान ११ बजेका लागि तय गरिएको छ ।  सपथपछि अधिकारीले आजै गभर्नरको जिम्मेवारी सम्हाल्ने छन् ।



source https://www.onlinekhabar.com/2020/04/852024

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More