Monday, 6 April 2020

भान्साको ओखती : कब्जियत भएमा के गर्ने ? 

कब्जियत एक यस्तो स्थिती हो, जो पेट ठीक ढंगले सफा हुन पाउँदैन । साथै मल त्याग गरेको समयमा कष्ट हुन्छ । कब्जियत पीडित आम व्यक्तिको तुलनामा कम पटक शौच गर्छन् । सामन्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् । तर, जसलाई कब्जियत छ, उनीहरु दुई÷तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । यहि कारण उनीहरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महसुष हुँदैन । खानामा अरुची हुन्छ । कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या हुन्छ ।

किन हुन्छ कब्जियत ?

– खाने तालिका नियमित नहुनु ।

-बासी खानेकुरा सेवन ।

-शारीरिक रुपमा निश्क्रिय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।

– मानसिक तनाव

-अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।

– पेटको कमजोरी

-पानी कम पिउनु ।

-खाना खाएको समय धेरै पानी पिउनु ।

-गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु ।

के छ त उपचार ?

कब्जियत खराब दिनचर्या र खानपानको कारण हुने गर्छ । त्यसैले सक्रिय जीवन विताउनुपर्छ । शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनुपर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा–पिसाबलाई लामो समय रोकेर राख्न हुँदैन ।

आर्युबेदिक उपचार विधी

-त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– मनतातो दुध वा पानीमा हर्रा–बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

-कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।

-पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।

-स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।

-अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।

-गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।

-तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ ।

-पानी भरपुर पिउने

कब्जियतबाट छुट्कारा पाउने भने भरपुर मात्रामा पानी पिउनुपर्छ । यसले मल त्याग गर्न सजिलो हुन्छ । पानी पिउन जाँगर चलेन भने जुसलगायतका पेय पदार्थ पिउँदा पनि हुन्छ ।

  फाइबरयुक्त खाना

आफ्नो डाइटमा बढिभन्दा बढि फाइबरयुक्त खानेकुरा समावेश गरौं । यसले पेटलाई पूर्णरुपमा सफा राख्न मद्दत गर्छ । साथै यसले पेटमा ग्क्ष्यास वा कब्जियतको समस्या रहँदैन । हरियो पत्तेदार तरकारी, सिमी, फलफुल, अप्रशोधित अन्न आदिमा फाइबरको मात्रा भरपुर हुन्छ ।

दुध होइन, दही खाने

पनिर, दूध र अन्य डेरी उत्पादनमा लेक्टोस हुन्छ जसले पेटमा ग्यास भरिने र पेट बटार्ने समस्या निम्त्याउँछ । त्यसैले यसबाट बच्नुपर्छ । दुधको सट्टामा दहीको सेवन गर्न सकिन्छ । यसमा प्रोटिन पनि हुन्छ र यसले कुनै हानी गर्दैन ।

म्याग्नेसियम फुड

आफ्नो डाइटमा म्याग्नेसियमयुक्त खानेकुरा समावेश गर्ने । यो कब्जियतका लागि एकदम प्रभावकारी हुन्छ । यसले आन्द्रादेखि मलद्वारसम्मलाई राम्ररी सफा गर्छ ।

जंक फुडबाट टाढा

हामीमध्ये धेरैलाई फ्राइड फुड अति मन पर्छ । तर, यसले कब्जियतको समस्या पैदा गर्छ । आफूलाई कब्जियतभन्दा पर राख्न चाहने व्यक्तिहरुले जंक फुडबाट जोगिनुपर्छ । किनकी यिनीहरुमा फ्याट र सुगरको मात्रा अत्यधिक धेरै हुन्छ ।

 ब्यायाम र योग

माथिका सबै उपायहरुका बाबजुद कब्जियत निवारणमा सबैभन्दा महत्वपूर्ण छ व्यायाम । स्वस्थ शरीरका लागि एक्सरसाइज अति आवश्यक हुन्छ । योग वा प्राणायामले पनि ठिक गर्न सक्छ ।



source https://www.onlinekhabar.com/2020/04/852022

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More