Tuesday, 6 July 2021

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२३ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटना हुँदा पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो ।

टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका गैरेको उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लैजाँदै गर्दा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



source https://www.onlinekhabar.com/2021/07/979804

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More