Tuesday, 7 June 2022

पवित्र समाजसेवा आश्रमलाई दैनिक उपभोग्य सामान र स्टेशनरी हस्तान्तरण

२५ जेठ, काठमाडौं । श्रीकृष्ण प्रणामी युवा परिषदले टोखा चण्डेश्वरीस्थित पवित्र समाजसेवा आश्रममा रहेका व्यक्तिहरुका लागि खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।

परिषदको गोंगबु, ढुंगेअड्डा र गोंगबु शाखाले आश्रममा रहेका ६५ जना बालबालिका, अशक्त र वृद्धवृद्धाका लागि दैनिक उपभोग्य सामान र स्टेशनरी हस्तान्तरण गरेको हो ।

त्यसका लागि करिव एक लाख रुपैयाँ संकलन गरेको परिषदका केन्द्रीय सदस्य भीम बगालेले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/06/1139264

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More