Saturday 25 March 2023

जोसेलुको २ गोलमा स्पेन विजयी, क्रोएसिया रोकियो

१२ चैत, काठमाडौं । जोसेलुले दुई मिनेटमा दुई गोल गोल गरेपछि स्पेनले युरोकप २०२४ को छनोट अन्तर्गत समूह ए मा शनिबार राति नर्वेलाई ३-० ले हराएर विजयी सुरुआत गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोसेलुले ८४औं र ८५औं मिनेटमा गोल गरे । जोसेलु ८१औं मिनेटमा अल्भारो मोराटाको मैदान प्रवेश गरेका थिए ।

त्यसअघि डानी ओल्मोले १३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

समूह ए कै अर्को खेलमा स्कटल्याण्डले साइप्रसलाई ३-० ले पराजित गरेको छ ।

स्पेन र स्कटल्याण्ड दुवैले समान तीन अंक जोडेका छन् ।

समूह डी को खेलमा क्रोएसियाले वेल्ससँग एक/एक को बराबरी खेलेको छ । आन्द्रे क्रामारिकले २८औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइमको तेस्रो मिनेटमा वेल्सका नाथन ब्रोएडहेडले गोल गर्दै खेल बराबरी गरे ।



source https://www.onlinekhabar.com/2023/03/1282462

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More