स्मार्टफोन प्रयोग गर्ने क्रममा कहिले एन्ड्रोइड फोन छाडेर आइफोन चलाउन थालिन्छ कसैले आइफोन चलाउन छाडेर एन्ड्रोइड फोनमा पनि जान सक्दछन् । यसरी एक स्मार्टफोनबाट अर्को स्मार्टफोनमा जाँदा पूरानो स्मार्टफोनका सबै आवश्यक डाटाहरु नयाँमा सार्नुपर्ने हुन्छ ।
यदि तपाईंले यसअघि आइफोन चलाउनुहुन्थ्यो र अब एन्ड्रोइड फोन चलाउने सोंच बनाउनु भएको छ भने तपाईंले आफ्नो आइफोनमा रहेका कन्ट्याक्ट, मेसेज तथा पूराना तस्वीर जस्ता डेटाहरु नयाँ फोनमा स्थानान्तरण गर्नुपर्ने हुन्छ ।
हामीले ह्वाट्सएप जस्ता सोसल मिडिया प्लाटर्फमको पनि प्रयोग गरिरहेका हुन्छौं । कहिलेकाहीँ ह्वाट्सएपको प्रयोग केवल व्यक्तिगत जीवनमा मात्र नभएर व्यवसायिक जीवनसँग पनि जोडिएको छ । यस्तोमा एउटा फोनबाट अर्को फोनमा सर्दा पूरानो फोनमा भएका डेटाहरु नयाँमा सार्नु अझै आवश्यक रहन्छ ।
यदि तपाईं आइफोनबाट एन्ड्रोइडमा सर्दै हुनुहुन्छ भने ह्वाट्सएपको च्याटलाई पनि Transfer गर्न सक्नुहुन्छ । यसका लागि :
- सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड फोन factory reset गर्नु पर्दछ ।
- नयाँ डिभाइस सेटअपका लागि संकेत प्राप्त हुने बित्तिकै restore data को अप्सन छान्नुपर्छ ।
- यसका लागि तपाईंको आइफोन अनलक्ड अवस्थामै हुनुपर्दछ ।
- Copy Apps तथा डेटा स्क्रिन देखिएसँगै डिभाइसलाई टाइप सी केवलबाट जोड्नुहोस्
- आइफोनमा Trust सन्देश देखिएपछि त्यसमा क्लिक गर्नुहोस्
- Copy Screen को प्रक्रिया पूरा हुन दिनुहोस्
- फाइल ट्रान्सफर हुने क्रममा आइफोन अनलक्ड नै हुनुपर्दछ ।
- संकेत प्राप्त भएसँगै आइफोनको क्यामेरा एपलाई क्यूआर कोड स्क्यान गर्नका लागि प्रयोग गर्नुपर्दछ
- त्यसपछि डेटा पठाउनका लागि आइफोनमा ह्वाट्सएप खोल्नुपर्दछ ।
- ट्रान्सफर प्रक्रिया पूरा भएपछि केवललाई निकाल्नुहोस्
- त्यसपछि नयाँ एन्ड्रोइड फोनमा ह्वाट्सएप लगइन गर्नुहोस्
लगइनका क्रममा तपाईंले आइफोनमा जुन फोन नम्बरबाट लगइन गर्नुभएको हो उहीँ फोन नम्बरबाट अकाउन्टमा लगइन गर्नुपर्दछ ।
एजेन्सी
source https://www.onlinekhabar.com/2023/03/1275394
0 comments:
Post a Comment