Thursday, 16 March 2023

किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिलाई मतदान

३ चैत, काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्री कै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएका छन् ।

‘पार्टीको आग्रह र आफ्नो मतदाताले आफूप्रति गरेको भरोसाका लागि मत दिन आएको हुँ’ मतदानअघि प्रदेश सांसद बरालले पत्रकारहरुसित भने ।

उनी गत चुनावमा कास्की ३ ( ख) बाट निर्वाचित भएका थिए । उनको बुवाको निधन भएको आठ दिन भएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर



source https://www.onlinekhabar.com/2023/03/1278437

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More