२९ फागुन, काठमाडौं । स्पानिस ला लाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति भएको खेलमा एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ ।
बार्सिलोनालाई जिताउन रफिन्हाले पहिलो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरे । उनले सर्जियो बुस्केटको पासमा गोल गरे ।
खेलको अन्त्यतिर विल्वाओका इनाकी विलियम्सले गोल गरेपछि भिएरआरले मान्यता दिएन ।
जितपछि बार्सिलोनाले २५ खेलबाट ६५ अंक जोडेको छ र दोस्रो स्थानको रियल मड्रिडमाथि ९ अंकको अग्रता बनाएको छ ।
source https://www.onlinekhabar.com/2023/03/1276251
0 comments:
Post a Comment