२९ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार राति फुलहमलाई ३-० ले पराजित गरेको छ । यो जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि फेरि ५ अंकको अग्रता समेत बनाएको छ ।
फुलहमको मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रीएल मगलाहाएसले २१औं, गाब्रीएल मार्टिनेलीले २६औं र मार्टिन ओडेगार्डले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । तीनै गोलका लागि लियोन्ड्रो ट्रोसार्डले असिस्ट गरेका थिए ।
जितपछि आर्सनलको २७ खेलबाट ६६ अंक भएको छ । समान खेलबाट सिटीको ६१ अंक छ ।
फुलहम २७ खेलबाट ३९ अंकसहित आठौं स्थानमा छ ।
लिगकै अर्को खेलमा दश खेलाडीमा समेटिएको म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडका कासेमिरोले ३४औं मिनेटमा रातो कार्ड पाएको थियो ।
बराबरीपछि २६ खेलबाट ५० अंक जोडेको युनाइटेड तेस्रो स्थानमै छ । साउथह्याम्पटन २६ खेलबाट २२ अंकसहित पूछारमा छ ।
अर्को खेलमा न्युकासले वभ्सलाई २-१ ले पराजित गरेको छ । जितपछि २५ खेलबाट ४४ अंक जोड्दै न्युकासल पाँचौ स्थानमा उक्लेको छ ।
source https://www.onlinekhabar.com/2023/03/1276245
0 comments:
Post a Comment