Saturday, 31 August 2019

संसारले द्रुत विकास गर्‍यो, राजाले विकासको मूल फुटाएनन्

विकास र समृद्धि नेपालले किन हासिल गर्न सकेन ? जसरी कैयौं देशहरुमा राष्ट्रिय सुरक्षा र कूटनीतिको विषय पार्टीगत स्वार्थभन्दा माथि रहन्छ, त्यसैगरी अब नेपालको परिप्रेक्ष्यमा पनि विकास र समृद्धिको मुद्दा पार्टीगत हित र सीमाभन्दा माथि रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

नेपालको परिप्रेक्ष्यमा हामीले विकास र समृद्धिको कुरा गर्दाखेरि राणाकाललाई छाड्ने हो भने पञ्चायतले विकासको मूल फुटाउने कुरा गर्‍यो र ३० वर्ष बितायो । तर, विकास र समृद्धि हासिल भएन । पञ्चायतको सुरुका वर्षहरुमा नेपालको आर्थिक वृद्धिदर दुई प्रतिशत भन्दा माथि जाँदै गएन । त्यसपछि अलिकति बढ्यो । र, पञ्चायत जाने बेलातिर, सम्भवतः सन् १९८५ को समयतिर आएर हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । त्यसपछि फेरि द्वन्द्व सुरु भयो, फेरि झर्‍यो ।

त्यससता आएर सन् २०१५ मा भूकम्प र नाकाबन्दीपछि नेपालको आर्थिकवृद्धि दर एकदमै झरेको थियो । कुनै पनि ठाउँमा स्वाट्ट आर्थिक वृद्धिदर उठ्ने गर्छ । नेपालमा पनि त्यसपछि ६ प्रतिशत भन्दा माथि गयो । र, सन् १९९६ पछि अहिले लगातार तीन वर्ष ६ प्रतिशतको वृद्धिदरमा छ । पहिलो वर्षलाई गन्ने कि नगन्ने त्यो छुट्टै कुरा हो, किनभने त्यो विशेष परिस्थितिले सिर्जना गरेको थियो ।

पञ्चायतकालमा, कतिपय साथीहरुले भनेको हामी सुन्छौं, राजा वीरेन्द्र एकदम असल राजा थिए । तर, त्यो समयमा १८ वर्षसम्म एकछत्र शासन गर्दा पनि नेपालमा विकासको मूल फुटेन

तर, ६ प्रतिशतकै आर्थिक वृद्धिदरलाई मान्ने हो भने पनि सामान्य अर्थशास्त्रको विद्यार्थीले पनि भन्ने कुरा के हो भने त्यो म्याजिक ७ प्रतिशतको वृद्धिले ७० वर्षको ग्राफमा हिसाब गरेर भन्दाखेरि ६ प्रतिशतकै हामीले मान्न थाल्ने हो भने पनि हाम्रो अर्थतन्त्रको साइज अब दोब्बर हुनका लागि अर्को १४/१५ वर्ष लाग्छ । र, हामीले हासिल गर्न खोजेको आर्थिक विकासलाई ७ प्रतिशत भन्दा माथि डबल डिजिटमा पार्ने हो भने अर्थतन्त्र द्रुत गतिमा अगाडि बढ्नैपर्छ ।

तर, यो किन भइरहेको छैन ?

पञ्चायतकालमा, कतिपय साथीहरुले भनेको हामी बारम्बार सुन्छौं, राजा वीरेन्द्र एकदम असल राजा थिए । उनी असल थिए कि थिएनन्, आ–आफ्नो विश्लेषण होला । तर, राजा वीरेन्द्रका पालामा १८ वर्षसम्म, जबकि त्यतिबेला नेपालमा कहीँ पनि ठूलो विरोध हुँदैनथ्यो, त्यो समयमा १८ वर्षसम्म एकछत्र शासन गर्दा पनि नेपालमा विकासको मूल फुटेन ।

त्यो समयमा संसारका अन्य देशहरुमा हेर्ने हो भने अलिहकति नरम तानाशाह भएका देशहरु भन्दा अनुदार लोकतन्त्र भएका देशहरुमै पनि तीव्ररुपमा आर्थिक विकास भएको देखिन्छ ।

त्यसपछि ०४६ सालपछिको ३० वर्षमा पनि कारण त राजनीतिक अस्थिरता भयो भनेर कारण त जे पनि दिन सकिएला । तर, राजनीतिक अस्थिरता भएका देशहरुले पनि आर्थिक विकास गर्न थालेका छन् ।

हाम्रो छिमेकमा बंगलादेश छ । त्यहाँ पनि राजनीतिक अस्थिरता छ । तर, बंगलादेशको ढाकामा जानुभयो भने त्यहाँ बनेको बाटोघाटो अन्तरराष्ट्रिय स्तरको छ भन्दा फरक पर्दैन । तर, हामीले गर्नै सकेनौं । किन गर्न सकेनौं ? यसबारेमा बहस होला ।

यदि हामीले विकास चाहने हो भने अहिले दुई तिहाईको समर्थन प्राप्त सरकारले गर्न सक्ने कैयौं कामहरु पनि नगरेको हामीलाई महसुस भइरहेको छ । र, ७ प्रतिशतको आर्थिक वृद्धिदरमात्रै छुने हो भने पनि १० वर्षमा हाम्रो अर्थतन्त्रको साइज दोब्बर हुन्छ । १० प्रतिशतलाई टार्गेट गर्ने हो भने त छिटै वृद्धि भइहाल्छ । यस्तो अवस्थामा हामीले के गर्न सक्छौं त ? कसरी र के कारणले गर्दा विकास र समृद्धि भएन ? हामीले चाहेको के हो र यो कसरी आउँछ भन्ने विषयलाई हामीले बहसमा लैजान आवश्यक छ ।

सबै पार्टीका नेताहरुमा, सबै पार्टीका समर्थकहरुमा एउटा सहमति के हुनुपर्‍यो भने यो देशको साँच्चिकै रुपान्तरण गर्ने हो भने हामी विकास र समृद्धिको विषयमा एक ठाउँमा उभिनैपर्छ । विकास र समृद्धिलाई अवरुद्ध पार्ने गरेर हामीले कुनै पनि काम गर्नुहुँदैन ।

नेपाल यति धेरै स्रोत साधनले सम्पन्न देश हो, यसको कुरा गरेर साध्य छैन । काठमाडौं उपत्यकामा मात्रै ७ वटा हेरिटेज साइडहरु छन् । यदि वौद्ध स्तुपाजस्तो संसारकै सबैभन्दा ठूलो स्तुपा कुनै युरोपियन देशहरुमा हुँदो हो भने त्यसले आइफल टावरको जस्तो राजस्व सिर्जना गर्ने क्षमता त्यसले राख्ने थियो ।

त्यस्तै पाटनमा जुन किसिमको कला छ, यसलाई हामीले मार्केटिङ नै गर्न सकेनौं । यी कामहरुमा कसरी काम हुन सक्छ ? यी कामहरुमा पार्टीहरुवीच सहमति के कारमा हुन सक्छ ? अरु धेरै देशहरुले २०/२५ वर्षमा देशको मुहार फेरेका धेरै उदाहरणहरु छन् ।

हामीभन्दा धेरै तन्नम देशहरुले पनि प्रगति गरेका धेरै उदाहरणहरु छन् । त्यसैले हामीले पनि गर्न सक्छौं । तर, सक्नका लागि हामीवीच आपसमा सहमति पनि चाहियो, इमान्दारिता पनि चाहियो र क्षमता पनि चाहियो ।

त्यसैले हामीले यसबारेमा बहस गर्न चाहेका छौं ।
(मन्तव्यमा आधारित)



source https://www.onlinekhabar.com/2019/09/792644

बैंकिङ सिस्टम ह्याक, अधिकांश बैंकका एटीएम चलेनन्

१५ भदौ, काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस एटीएमबाट पैसा चोर्दा–चोर्दै ५ चिनियाँ दरबारमार्गबाट पक्राउ

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ । स्रोतका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ सिस्टम १२-१५ वटा बैंकहरुले प्रयोग गरेका छन् र ती सबै बैंकहरुको एटिएम चलेका छैनन् ।

गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । यसलाई प्रहरीले ठूलो सफलता भनेको छ । काठमाडौं प्रहरी प्रमुख सुवेदीले भने, ‘गएरातिको हाम्रो अपरेसनले ठूलो रकम जोगिएको छ ।’

यो पनि पढ्नुहोस तपाईको एटीएम कार्ड कति सुरक्षित ? ह्याक गर्ने भारतीय गिरोह समातियो

source https://www.onlinekhabar.com/2019/09/792640

ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

१५ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटना राति ११ः४० बजे भएको हो ।



source https://www.onlinekhabar.com/2019/09/792641

‘उदार तानाशाह नखोजौं, सेनाको संख्या घटाऔं’

अर्थतन्त्रका लागि जुन आधारशीला चाहिन्छ, त्यो हो – लोकतान्त्रिक स्थायित्व । समृद्धिको आधारशीला यही नै हो । कस्तोखालको राजनीतिक स्थायित्व ? लोकतान्त्रिक राजनीतिक स्थायित्व, जसले हामीलाई अन्ततोगत्वा समृद्धिको लक्षमा पुर्‍याउँछ । त्यसर्थ स्थायित्व मात्र हैन, लोकतान्त्रिक स्थायित्व भन्नुपर्छ ।

कस्तोखालको समृद्धि भन्दाखेरि मुख्यतः भौतिक जीवनस्तर उकास्ने योजना नै हुनुपर्छ । आध्यात्मिक, धार्मिक सुख शान्तिका कुराहरु, मानिसले आफूले सम्हाल्ने कुरा हो । तर, राज्य र समाज हाँक्ने मानिसहरुको दायित्व भनेको समाजका आम मानिसहरुको  भौतिक समृद्धिको स्तर उचाल्ने हो । बाँकी, धर्म-कर्म र सुख शान्तिका कुरा व्यक्तिले गरोस् ।

ऐतिहासिक कालदेखि नै यो भौतिक समृद्धिसहित राम्रो जीवनयापन गर्न सक्ने क्षमता हाम्रो मुलुकमा छ । अन्य धेरै मुलुकहरु त्यस्ता छन्, जहाँ समृद्धिका लागि चाहिने स्रोतहरु छैनन् । नेपालमा स्रोत छ ।

तर, किन त दुई शताब्दीभन्दा बढी भइसक्यो, नेपालका नागरिकहरु विदेशिन बाध्य छन् ? उहिले लाहुर जान्थे । लाहुर मात्र होइन, त्यहाँभन्दा पर गएर बजिरस्तानको लडाइँमा मर्थे । पठानहरुसँग लड्दाखेरि महाराज रञ्जित सिंहका लागि उत्तरी पञ्जावमा मर्ने पनि नेपाली थिए । अहिले पनि जम्मू कश्मिरको युद्ध मैदानमा मर्नुपर्ने पनि नेपाली नै छन् । किन ?

हामी राजनीतिमा लागेका कोही छौं या राजनीतिक विश्लेषण गर्ने कोही छौं भनेदेखि सामाजिक सञ्जालले राजनीतिमा पारेको असर के हो ? त्यसले दिनानुदिन पानीको फोकाजस्तो फुटिरहेछन्, फुटिरहेछन् । मानिसहरुको मष्तिष्कलाई अल्झाइरहेछ । तर, कुनै एउटा प्राप्तितर्फ वा गन्तव्यतिर लगिरहेको छैन

किन नेपालीहरुले खाडी पुग्नुपर्ने ? भारतको कुनाकाप्चा किन पुग्नुपर्ने ? मलेसिया किन ताक्नुपर्ने ? जबकि हामीकहाँ समृद्धिको सम्भावना पर्याप्त छ ।

अब म समृद्धि कसरी हासिल गर्ने भन्नेमा जान्छु । यसका लागि केही प्रारम्भिक नोट प्रस्तुत गर्न चाहन्छु ।

प्रारम्भिक नोट-

१- नेपाली राजनीतिज्ञमाथि अत्यधिक गाली वर्षाउने रुचि ममा छैन । किनभने यो त सजिलो लोक रिझ्याइँको बाटोमात्रै हो । वास्तवमा तपाई राजनीतिक सीपको कुरा खोज्नुहुन्छ भनेदेखि वीपी कोइरालाले आत्मवृतान्तमा काठमाडौंको वौद्धिकका बारेमा के लेखेका थिए, त्यो पढे पुग्छ । कहाँबाट राजनीतिज्ञमाथि निगरानी नपुगेको कारण के रहेछ भन्ने  कुरा त्यहाँबाट प्रष्ट हुन्छ ।

२. आजकल सामाजिक सञ्जालले विचार निर्माणको धेरै स्थान सम्पादकबाट ओगटेको छ । यो क्षणिक कुरा हो जस्तो लाग्छ मलाई । सायद संसारभरि नै सामाजिक सञ्जालले हामीलाई के गर्ने, कता हेर्ने, केमा हाँस्ने, केमा रिसाउने भनेर एउटा खालको क्राउड सोर्सिङबाट काम गरिरहेछ । त्यो न हेनरी क्लिन्टनले बुझेकी छिन्, न हामीले नै राम्रोसँग बुझेका छौं । यो एकदमै नयाँ परिपाटी, प्रोटोकोल बनिसकेको छैन ।

यतिमात्रै म भनौं कि हामी राजनीतिमा लागेका कोही छौं या राजनीतिक विश्लेषण गर्ने कोही छौं भनेदेखि सामाजिक सञ्जालले राजनीतिमा पारेको असर के हो ? त्यसले दिनानुदिन पानीको फोकाजस्तो फुटिरहेछन्, फुटिरहेछन् । मानिसहरुको मष्तिष्कलाई अल्झाइरहेछ । तर, कुनै एउटा प्राप्तितर्फ वा गन्तव्यतिर लगिरहेको छैन । यो के हो, कस्तो हो ? यो सबैतिरको कुरा पढेर हामीले नेपाली समाजलाई सुसुचित गर्नुपर्छ र आफूलाई पनि सुसुचित गर्नुपर्छ ।

तर, यतिमात्रै भनौं कि अहिलेसम्म मैले नियाल्दाखेरि दक्षिण एशियामा होस् या अन्य देशमा, अहिलेसम्म पूर्णरुपमा नकारात्मक पनि छैन सामाजिक सञ्जालको अवस्था । तर, हामी सतर्क भयौं भनेदेखि भोलिको दिनमा यो सप्रने छ ।

तर, अहिलेसम्म सामाजिक सञ्जालले राजनीतिलाई कसरी असर गरिरहेको छ भन्दाखेरि अहिले दक्षिणपन्थलाई अलि बढी सहयोग भएको छ । सेन्टि्रस्ट या लेफ्ट सेन्टि्रकलाई सामाजिक सञ्जालको प्रयोगले फाइदा गरिरहेको मैले पाएको छु । यसमा हामी सतर्क हुनुपर्ने आवश्यकता छ ।

यी सबै कुराहरु लोकतान्त्रिक स्थायित्वको सन्दर्भमा नै म भन्दैछु ।

३. मेरो विचारमा वास्तविक सामाजिक-राजनीतिक रुपान्तरणको मूल फुटेको ०४६ सालमा हो । ०४६ सालको जनआन्दोलनपछि योवीचको द्वन्द्वकालमा माओवादीले यो पनि मैले गरें, ऊ पनि मैले गरें भनिरहँदा हाम्रो दिमाग खल्बलिएर आफ्नै इतिहासलाई सही मूल्यांकन नगरेको हो । तर, ०४६ सालको जनआन्दोलन वास्तविक जनआन्दोलन हो ।

नेपालको खुल्ला सामाज, जे-जता, हामी जसरी जाऔं, हामीलाई खुला समाजतर्फ लगेको ०६४ सालको जनआन्दोलनले हो । र, ०४७ सालको संविधानले हो । हामी अहिले जति बोलिराखेका छौं, त्यही ०४७ सालको संविधानले हो । लोकतान्त्रिक स्थायित्व अन्तरगत यो ‘लोकतान्त्रिक’ शब्दको ग्यारेन्टी गर्ने काम ०४७ सालको संविधानले गरेको हो ।

उदार तानाशाहको खोजी हामी छाडिदिऔं । नेपाली जनताले त्यो बाटोमा हिँडे त हुन्थ्यो नि भन्ने कुरा नगरौं । यदि कतै उदार तानाशाहको सम्भावना छ भनेदेखि त्यो बंशाणुगत राजतन्त्रमा हुन्छ

४. यो मुलुकलाई १० वर्ष द्वन्द्वकाल र १० वर्ष संक्रमणकालले असर पार्‍यो । विदेशीले भनिदिए कि माओवादीहरु राजाको खिलाफमा लडेका, अनि हामीले पनि हो कि त भन्ने ठान्यौं । तर, त्यो भनिने जनयुद्ध लोकतान्त्रिक राज्यको खिलाफमा थियो । हामीले यो कुरा बुझ्नुपर्‍यो । र, यो पनि बुझ्नुपर्‍यो कि जति-जति प्रगति आयो भनेर हामी सोच्छौं, वास्तवमा मेरो निजी बुझाइमा २० वर्षको अन्तरालमा १५ वर्ष घाटा भएको छ ।

हाम्रो सामाजिक र आर्थिक अग्रगमनका लागि १५ वर्ष घाटा भएको छ, यो कुरा हामीले बुझ्नैपर्छ । वाल योद्धा, अर्थतन्त्रको ह्रास, गाउँघरमा बेचैन, राज्य कठोर हुनु, सेनाको आत्मबल ह्वात्तै बढेर जानु यावत कुराहरुले गर्दाखेरि हाम्रो लोकतान्त्रिक स्थायित्वलाई खल्बल्याएको छ । भोलिका दिनमा हामीले भर्खरकै विगत  सम्झिने आवश्यकता छ ।

५. उदार तानाशाहको खोजी हामी छाडिदिऔं । नेपाली जनताले त्यो बाटोमा हिँडे त हुन्थ्यो नि भन्ने कुरा नगरौं । यदि कतै उदार तानाशाहको सम्भावना छ भनेदेखि त्यो बंशाणुगत राजतन्त्रमा हुन्छ । बंशाणुगत राजतन्त्र भन्नाले भुटानको जस्तो बृटिसले थपना गरिदिएको २/३ बंश अगाडिको राजसंस्था त हैन हाम्रो । यो त नेपालको स्थापना कालदेखिको स्थापित राजसंस्थाको एउटा राजा (वीरेन्द्र) को चाहना राम्रै थियो होला ।

तर, नेपालजस्तो मुलुक सानो होइन, विश्वका २ सय देशहरुमध्ये हामी ४७ औं मुलुकमा पर्छौं । त्यसैले दिमागमा राखौं, हाम्रोजस्तो ‘कम्प्लेक्स’ मुलुक, जहाँ जर्जर समस्याहरु छन्, यस्तो देशलाई सम्हाल्न कुनै पनि उदार तानाशाहले सक्दैन ।

हाम्रो राजनीतिक स्थायित्वको यात्रामा बेलाबखत यस्तो भैदिए हुन्थ्यो कि भनेर कतिपयले भन्ने गरेका छन् । यतातिर त छिर्नु पनि हुँदैन भन्ने मेरो भनाइ छ । हाम्रो राजनीतिक यात्रालाई बिथोल्ने गरिकन विचार निर्माणकर्ताले उदार तानाशाहको माग गर्छ भने त्यो नेपालका लागि फलीफाप हुने माग होइन । हाम्रो सामाजिक बनोट, हाम्रो विविधता र हाम्रो विशेष इतिहासले गर्दाखेरि त्यो सम्भव छैन ।

६. नेपालसँग सफ्ट पावर छ । कहिलेकाहीँ अलिकति चिन्ता लाग्छ, नेपालमा के पो हुन आँट्यो, बिग्रन आँट्यो भनेर । यसरी चिन्ता लाग्नुको कारण के हो भने नेपालसँग भएको सफ्ट पावर आफूले पनि नबुझ्नु र परिचालन पनि गर्न नसक्नु हो ।

७. हरेक नौ महिनातिर हामीलाई यो सरकार गइदिए पनि हुन्थ्यो भनेर उकुस-मुकुस हुन्छ । किनभने १० वर्षयताको संक्रमणकालमा सरकार फेरिने अवस्था हाम्रो जेनेटिक प्रोग्राम नै भइसक्यो । हामीले के गर्नुपर्‍यो भने आलोचना गर्ने, आधार बनाउने, अर्को निर्वाचनका लागि तयारी गर्ने । निर्वाचन निश्पक्ष र लोकतान्त्रिक बनाउनेतिर ध्यान दिनुपर्‍यो । तर, हामीमा ९ महिनामै उकुस-मुकुस हुने गरेको छ ।
यो पनि पढ्नुहोस ‘सरकार बनेको हरेक ९ महिनामा चिलाउन थाल्छ’

अंग्रेजीमा सेभेन इयर इच भन्ने चलचित्र छ । नेपालमा चाहिँ नाइन मन्थ इच ! ९ महिना पुगेपछि चिलाउन थाल्छ ! यो हाम्रो बानी नै भइसक्यो । यो सरकारको प्रतिरक्षा गरेको नठान्नुहोला, यो इच (चिलाइ) बाट हामी मुक्त हुनुपर्छ ।

तुलनात्मकरुपमा ठीक छौं, खुल्ला समाज ठीक छ

नेपाललाई हामीले तुलनात्मक हिसाबले हेर्नुपर्छ । भएको लोकतन्त्रलाई हामीले केही हदसम्म राम्रै भइरहेको छ भन्ने पनि त ठान्नुपर्‍यो नि । लोक रिझ्याइँको माहौलमा बिग्रेको त सबैतिर छ, यसलाई हामीले सपार्नुपर्छ । तर, अरुलाई हेरेर हामी त्यहाँ त पुगिसकेका छैनौं, त्यहाँसम्म जानुहुँदैन भनेर हेर्नुपर्छ ।

उदाहरणका लागि संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प छन् । बेलायतमा बोरिस छन् । भारतमा नरेन्द्र दामोदर दास छन् । तपाई वहाँहरुको राजनीतिक लागाव र वहाँहरुको लोकतन्त्रप्रतिको लगाव आफैं मूल्यांकन गर्नुहोस् । र, नेपालमा हामी अहिले कहाँ छौं ? एकजना नेता हैन, नेतागण, विशेषगरी, माओवादी नेतागण बाहेकका नेतागणलाई हेरौं । माओवादी नेताहरुलाई रुपान्तरणका लागि समय अझै पनि दिनुपर्ने अवस्था देखिएको छ ।

अब छिमेकका मुलुक हेरौं । अहिले भारतमा लोकतन्त्रको अवस्था । जब कि हामीले लोकतन्त्रका लागि जहिले पनि भारततिर हेर्‍यौं । इण्डियाको लोकतन्त्रको अवस्था भयावह छ । पाकिस्तानको त कुरै नगरौं ।

बंगलादेशलाई हेरौं । भारतको मिडियाले बंगलादेशमा कति खतरा छ नभन्या हुनाले हामी बंगलादेशको पत्रिका त पढ्दैनौं । क्लोज समाज भैसक्यो, हामीले त्यहाँको पढ्न पाउँदैनौं । तर, बंगलादेशमा कुनै पनि बेला ठूलो अशान्ति आउन सक्ने सम्भावना छ । किनभने, भारतले पोसेर सरकारलाई राखेको छ, एकतन्त्रीय शासन लगाउनलाई सेख हसिनालाई छुट दिएको छ । शेख हसिना अहिले बाघमाथि चढिरहेकी छिन् । त्यो बाघबाट उत्रिँदा आफ्नै ज्यान जान्छ । उत्रिन पनि सक्दिनन् र झनझन् कठोर बन्दै गइरहेकी छिन् ।

हामी नेपाललाई खुल्ला समाज राखिराखौं, नेपाल अरुका लागि उदाहरण हुन सक्छ । नेपाललाई खुल्ला समाज राख्नु भनेको समृद्धिको बाटो हो । र, नेपाललाई खुल्ला समाजका रुपमा राख्यौं भने अरुका लागि पनि आशको बीऊ हुनेछ । त्यसैले हाम्रो जिम्मेवारी के हो भने देशको समृद्धिका लागि हाम्रो लोकतन्त्रलाई बचाइराख्नुपर्छ ।

तुलनात्मकरुपमा हामी ठीक छौं । हाम्रा लागि यो खुल्ला समाज सही छ । ०४६ सालदेखिको खुल्ला समाजको बिँडो समाउने हो । यति हुनेवित्तिकै नेपालको समृद्धि सुनिश्चित हुन्छ । र, अरु देशहरुका लागि पनि नेपाल एउटा उदाहरण बन्न सक्छ ।

समृद्धिको सम्भाव्य : इतिहास, भूगोल र सार्वभौमिकता

इतिहास र भूगोल दुबैले नेपाललाई अत्यन्त राम्रो सम्भावना दिलाएको छ । इतिहासको कुरा गर्दाखेरि दक्षिण एसियामा सार्वभौम मुलुक बन्न पाउनु हाम्रो अहोभाग्य हो । यो हामीलाई इतिहासले दिएको हो ।

इतिहासलाई हामीले समृद्धिका लागि प्रयोग गर्नुपर्छ, यो गर्न सकिरहेका छैनौं । १०, २०, ४० वर्ष ज-जसले यो मुलुक हाँके, उनीहरुमाथि पनि यो अभिभारा थोपरिन्छ । किनभने, नेपाल समृद्धितर्फ जाने भनेको विसं. २००७ सालपछि हो । पञ्चायतकालले समृद्धि दिलाउनै सकेन । ०४६ सालपछिका सरकारले पनि के गर्न सके भन्ने हामीले हेर्नुपर्छ ।

इतिहासले हामीलाई दुई/तीनवटा कुरा दियो । एउटा भूगोल दियो, भूगोललाई सार्वभौम बनाइदियो । सार्वभौम भूगोल भनेको हामीले आफ्नो गल्ती आफैं सच्याउन पाउँछौं । गल्ती गरेर गल्ती सच्याउन पाउँछौं । रुपान्तरणको सम्भावना हाम्रो हातमा छ भन्ने विश्वास यहाँका जनतामा छ । एउटा राज्यको एजेन्सी छ, एउटा नेपाली जनमानसको एजेन्सी छ ।

उदाहरणका लागि, नेपाली जनताले दुईवटा कुरा गरिसके । ०४६ सालमा निरंकुश राजतन्त्र नेपाली जनताले नै ढालेको हो, जसमा राजनीतिक पार्टीहरुले नेपाली जनताको प्रतिनिधित्व गरे । यसको अर्थ, घरेलु राजनीतिलाई नेपाली जनताले मार्गनिर्देश गर्न सक्दारहेछन् भन्ने देखायो । आगामी दिनमा नेपाली राजनीतिको रेल लिकभन्दा बाहिर गयो भने नेपाली जनता फेरि जाग्नेछन् । यो चिन्ताको विषय नै छैन ।

त्यसैगरी नाकाबन्दीको समयमा नेपाली जनताले भारतलाई के देखाइदिए भने ५ महिनासम्म भारतले लगाएको नाकाबन्दीको सामना गरे, यो नेपाली जनताको जीत थियो । त्यसैले मैले के देखेको छु भने नेपालका एजेन्सीहरुको भूमिका घरेलु र बाह्य राजनीतिमा प्रभावकारी भूमिका छ  । यस्तो अवसर विश्वमा थोरै देशहरुमा हुन्छ । यसले नेपाललाई समृद्धिको बाटोतर्फ जानका लागि लोकतान्त्रिक मूल्यहरुको रक्षा गर्नलाई आधार दिन्छ ।

आज पनि हामीले यदि विप्लवको क्रियाकलापलाई बौद्धिक हिसाबले च्यालेञ्ज दिएनौं भने हामी फेरि त्यही ठाउँमा पुग्छौं । त्यसैले समृद्धिका लागि सशस्त्र विद्रोहको खिलाफमा हाम्रो सैद्धान्तिक अडान चाहिन्छ

भूगोलको कुरा गर्दा हामीसँग जुनखालको हिमाल र तराईसम्म छ, यसलाई हामीलाई हाइड्रो पावरका लागि सम्भावना दिन्छ । हामी डेढ दुई वर्षभित्र ठूलो परिवर्तनको सँघारमा उभिएका छौं । अहिलेसम्म हामी भारतबाट आयात गरेको बिजुली बाल्दैछौं । डेढ दुईवर्षपछि बिजुली आयात गर्नुपर्दैन । यसका लागि यो सरकारलाई धन्यवाद दिए पनि हुन्छ, ३/४ वर्ष अगाडिका सरकारलाई पनि धन्यवाद दिए हुन्छ । यसले हाम्रो अर्थतन्त्रमा परिवर्तन आउँछ । हाम्रो डिजेल आयात रोकिन्छ । हामी क्लिन इनर्जीतर्फ जान्छौं ।

हामीले बाँकी अरु समस्या पनि समाधान गर्न सक्यौं भने हामी सांसार सामु कोष्टारिका जस्तो बन्न सक्छौं । भूगोलले हामीलाई पर्यटनको सम्भावना दिएको छ । हाइड्रोपावर, यावत कुराहरुले हामी ठानौं कि हामी भाग्यमानी छौं ।

नाकाबन्दीपछि उत्तरतर्फ हाम्रो जुन ओपनिङ भयो, यसबाट हामीले के बुझौं भन्दाखेरि जब बेलायतीहरुले ल्हासामा हमला गरे, त्यसपछि नेपालको उत्तरतर्फको सम्बन्ध टुटेको हो । त्यसैले यो नयाँ कुरा हैन, इतिहासलाई हामीले पुनः ब्युझाएको हो । त्यसैले हाम्रो भूगोल भनेको हाम्रो डाँडाकाँडामात्रै होइन, हामी कहाँ छौं भन्ने पनि हो ।

समृद्धिको प्राप्ति

हामीले समृद्धि कसरी हासिल गर्ने ? मैले पहिले नै भनें स्थायी लोकतन्त्र । लोकतान्त्रिक स्थायित्वका लागि हामीलाई के चाहियो ?

१ – हामीलाई चाहियो सुशासन । वर्तमान सरकारको १८ महिना भइसक्दाखेरि यसले सुशासनको अनुभूति दिन सकिरहेको छैन । यसका धेरै कारण होलान् । कतिपय कुरामा हामीले हेर्‍यौं भने या त लापरवाही हो या त नियत । जस्तै- विधेयकहरुको सन्दर्भलाई लिन सकिन्छ । मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडियासम्न्धी विधेयक या भनौं गुठी विधेयक । हामीले यदि लोकतान्त्रिक स्थायित्वलाई जमाएर हेर्‍यौं भने अहिलेकै सरकारले तीन वर्ष बढी जानु नै छ, यसले सुशासनतर्फ तत्कालै ध्यान दिनुपर्‍यो ।

२ – सुशासन अब संघीय सरकारले मात्रै सक्ने कुरा रहेन । किनभने हाम्रो संघीय संविधानअनुसार तीन तहमा मात्र नभएर तीन क्षेत्रमा बाँडिएको छ, स्थानीय, प्रान्तीय र संघीय । अहिले हामीले बाटो बिराउनुको कारण कन्फ्युजन छ । संविधानको मर्मअनुसार धेरै कुरा हुन सकेको छैन र संविधान बुझ्न पनि बाँकी छ । हामीले के पत्ता लगायौं भने संविधान लेख्ने मानिसले पनि संविधान पढेका रहेनछन् । त्यसर्थ हामीले संविधान पढिकन अगाडि गयौं भने र संघीय, प्रान्तीय र स्थानीयमा ध्यान दियौं भने यो अगाडि बढ्नेवाला छ ।

३ – सक्षम प्रतिपक्षीविना राजनीतिक स्थायित्व आउँदैन । नेपाली कांग्रेस सक्षम प्रतिपक्षी हुन नसकेको कुरा अहिलेको रियालिटी हो । यहाँ समस्या छ ।

४ – सत्तारुढ पार्टीभित्रको पूर्वएमाले र पूर्वमाओवादीवीचको रस्साकस्सीले मुलुकको भविश्य कता जान्छ भन्ने भविश्य निर्धारण गर्छ । यो जबजमाथि जुन बहस भइरहेको छ, यो जबजको बहस नेकपाभित्रको मात्रै कुरा होइन । यो त आम जनताको सरोकारको विषय हो । किनभने, जबजमाथिको बहसले नेपालको सबभन्दा ठूलो पार्टी लोकतान्त्रिक हुन्छ कि हुँदैन भन्ने हुनाले यो एकदमै महत्वपूर्ण कुरा रह्यो ।

५ – शान्ति प्रक्रिया । यदि हामीले लोकतान्त्रिक स्थायित्वको कुरा गर्छौं भनेदेखि यो शान्ति प्रक्रियालाई राजनीतिक स्थायित्वसँग जोड्नैपर्छ । किनभने, द्वन्द्वकालको ज्यादती, बलात्कार, गैर न्यायिक हत्या, बेपत्ता, अपहरण, वाल योद्धा इत्यादि सबैको तपाईले जवाफदेहिता खोज्नुभएन भने भोलि यो बल्झिनेवाला छ ।

कसैले समृद्धिको कुरा गर्दा शान्ति प्रक्रिया कहाँबाट आयो, भन्न सक्छ । तर, आउँछ । पक्कै आँछ । मेरा लागि एउटै लाइन हो, शान्ति प्रक्रिया भन्नोस् या संक्रमणकालीन न्याय भन्नोस््, यससँग समृद्धिको यात्रा गाँसिएको छ ।

६ – बाह्य हस्तक्षेप । यसमा हामी एकदमै जागरुक हुनुपर्छ । हाम्रो लोकतन्त्र र यसको स्थायित्व, जसले हामीलाई समृद्धि दिलाउँछ, गत दूईदशकजस्तै बाह्य हस्तक्षेप भयो भने हामी त्यहाँ कहिल्यै पनि पुग्न सक्दैनौं ।

उदाहरणका लागि नेपालको सबैभन्दा भ्रष्टाचारको नाइकेलाई ल्याएर नेताहरुले अख्तियारको प्रमुख बनाउनुभो ।  त्यो कसरी बनाउनुभयो भन्दा राष्ट्रपतिदेखि लिएर सबै नेताहरुको मुखमा के छ ? बाध्यता । किन बनाउनुभयो ? बाध्यता । बेलुकासम्म त गर्दिनँ भन्नुहुन्थ्यो, अहिले बिहान ८ बजे किन सपथ खुवाउनुभयो ? बाध्यता । मलाई लाग्छ, यो बाध्यता भन्ने शब्दलाई नेपाली शब्दकोषबाट मेटाउनुपर्छ ।

यो संविधानमा समाजवादोन्मुख भन्ने शब्द जुन छ, यसको परिभाषा हामीले यतिमात्रै गर्‍यौं भने हामी अगाडि बढ्छौं- संविधानमा लेखिएको समाजवादोन्मुख भनेको संविधान अन्तरगत लोकतान्त्रिक समाजवाद हो

७ – अब हामीले सशस्त्र विद्रोहको विरोध गर्नुपर्छ । अहिले पनि नेपालका, विशेष गरी काठमाडौं उपत्यकाका, जसलाई म उग्र प्रगतिशील भन्न रुचाउँछु, प्रगतिशील त तपाई-हामी हौं, उग्र प्रगतिशीलहरुले भन्ने कुरा के हो भने माओवादीको सन्दर्भमा त गरिबीको उपज हो । यस्तो हल्काफुल्का कुरा गरेर सबैले गुणगान गाएको हुनाले माओवादी एकपछि अर्को बलियो हुँदै गएको हो ।

आज पनि हामीले यदि विप्लवको क्रियाकलापलाई बौद्धिक हिसाबले च्यालेञ्ज दिएनौं भने हामी फेरि त्यही ठाउँमा पुग्छौं । त्यसैले समृद्धिका लागि सशस्त्र विद्रोहको खिलाफमा हाम्रो सैद्धान्तिक अडान चाहिन्छ ।

८ – सेना । सेनालाई सैनिक कार्यमा लगाउनुपर्छ । अहिले नेपाल आर्मी विस्तारै सिभिलियन कार्यमा लागिरहेको छ, यो खतरापूर्ण छ । यसमा वर्तमान सरकार र वर्तमान प्रतिपक्षले केही बोलिराखेको मैले देखिराखेको छैन । धारणा हामीले बनाउनुपर्ने छ । किनभने, ब्यापार र सिभिलियन कार्यमा सेनालाई लगाउने होइन ।

सेनालाई सक्षम, मोर्डन आर्मी बनाउनुपर्छ । यसको संख्या घटाउनुपर्छ र खर्च कटाउनुपर्छ । एक लाख सेना नेपाललाई चाहिँदैन । यसको मतलव सेनालाई कमजोर बनाउने हैन, झन् बलियो बनाउने हो । त्यसपछि एक त सेना, सेना रहन्छ, आधुनिक अस्त्र सहितको सक्षम सेना बन्छ ।

९ – समावेसी । हाम्रो संविधानमा समावेसी लेखिएको छ । तर, यसमा हाम्रो ध्यान गइरहेको छैन । समावेसी राज्य संविधानको मूल मर्मभित्र पर्छ । समतामूलक समाज हाम्रो संविधानमा लेखिएको छ ।

१० – वातावरण । नेपालमा वातावरणतर्फ ध्यान दिनु भनेको एउटा कन्सल्टेन्सी वा एनजीओको कामजस्तो मात्र भइरहेको छ । जब कि वातावरणको आन्दोलन भनेको त गाउँघरदेखि माथिसम्म वौद्धिकहरुमा जुझारुपन हुनुपर्ने हो ।

बीस वर्षसम्म गुम्सिएर बसेकाले पूर्वाधार नबनेको हाम्रोजस्तो देशमा यत्रोविधि जतात्यतै डोजर, जतात्यतै भवन बन्ने क्रममा हाम्रो थोरै भएको प्राकृतिक सम्पदा मासिँदैछ । कस्तो अवस्था छ भने निजगढको नि भन्नासाथ गाली खानुपर्ने अवस्था छ । तर, नेपालको भविश्य र समृद्धि नेपालको वातावरण संरक्षणसँग गाँसिएको छ भन्ने हामीले बुझ्नुपर्छ ।

११. पब्लिक हेल्थ, पब्लिक एजुकेशन र पब्लिक ट्रान्सपोर्टेसन । पब्लिक हेल्थको कुरा गर्ने हो भने हामी कस्तो हावा खाइरहेका छौं, योभन्दा बढी कुरा नगरौं । पब्लिक एजुकेशनको कुरा गर्ने हो भने हामीले बाल शिक्षामा विदेशीले भने अनुसार घोकन्ते विद्या पढाउँछौं, बच्चाको ब्रेनको साइज पनि ठूलो हुँदैन र त्यो विचरा बच्चाले पछि केही पनि सिक्न सक्दैन । हामी बाल शिक्षाको सन्दर्भमा ठूलो क्राइसिसमा छौं । स्वस्थ्य र सक्षम नागरिकै हुँदैन भने समृद्धि कहाँबाट आउँछ ?

१२. विदेशिएका नेपाली कामदार फिर्ता ल्याऔं । मेरो ध्यान यतिबेला कहाँ गएको छ भने, नेपाल बाहिर कम्तिमा पनि ५० लाख नेपालीहरु दुःख गरिरहेका छन् । छोराछोरीलाई बोर्डिङमा पढाऔंला, घरमा केही ल्याउँदा भनेर । तर, बच्चाबच्चीलाई पढाउन बाहेक तपाई हाम्रो त्यो आम्दानीले नेपाललाई धेरै गरेको छ जस्तो मलाई लाग्दैन ।

समृद्धिका लागि जुन माइलस्टोन चाहिन्छ, हाम्रो अठोट के हुनुपर्छ भने दुई सय वर्षदेखि खेर गइरहेको, विदेश गएका कामदारलाई नेपाल फर्काउनु हो ।

जो ग्रीनकार्डका लागि पश्चिमा मुलुक गए, अष्ट्रेलिया गए, युरोप गए, त्यतातिर उनीहरुलाई हाम्रो माया चाहिँदैन । तर, हाम्रो ध्यान र माया कता केन्दि्रत हुनुपर्‍यो भने खाडी, मलेसिया र भारतमा रहेका नेपालीहरु, जसले आफ्नो रोजीरोटीका लागि काम गरिरहेका छन् ।

हाम्रो समृद्धिको सपनाको एउटा कोसेढुंगो के लगाऔं भने विदेशिएका नेपाली कामदार फिर्ता हुने अवस्था नेपालभित्र सिर्जना गरौं ।

संविधानवाद : लोकतान्त्रिक समाजवाद

अन्त्यमा, यी सबैथोकका लागि एउटा चिज चाहिन्छ- संविधानवाद । आजका लागि सबैभन्दा महत्वपूर्ण कुरा यही नै हो ।

हाम्रो संविधानको मर्म, धारणा, दर्शन र आधारभूत सिद्धान्तको अनुशरणबाहेक अरु कुनै बाटो छैन । अरु बाटो खोज्नेवित्तिकै हामी बरालिन्छौं । विभिन्नखालका भित्री र बाहिरी अवसरवादीहरु छिरिहाल्नेछन् । धेरै दुःखका साथ सन्तुलनमा रहेको नेपालको राजनीतिक यात्रा बिथोलिन्छ र हाम्रो समृद्धिको सपना अरु दुई दशक पछाडि धकेलिन्छ ।

त्यसैले हाम्रो अठोट के हुनुपर्छ भन्दाखेरि त्यो विदेशमा गएको नेपाली कामदारलाई फिर्ता ल्याउने जिम्मा लिऔं । त्यो ल्याउनका लागि हामीलाई यहाँ लोकतान्कित स्थायित्व चाहिन्छ । त्यो लोकतान्त्रिक स्थायित्वको खाका यही संविधानअन्तरगत हुनुपर्छ ।

संविधानका अस्पष्ट वाक्यांश या बाझिएका र सुधार गर्नुपर्ने पाटाहरु बाहेक यसको जुन संरचना छ, धर्म निरपेक्षता, संघीयता, समावेशिता र गणतन्त्र, यसलाई अहिले माथि-तल गर्न थाल्यौं भनेदेखि तपाई बुझ्नोस्, नेपालमा के-के हुन्छ, के-के हुन्छ ।

एउटा ठूलो दलको महामन्त्रीले समेत यसको खिलाफमा बोलिसक्नुभयो । कतिपय नेताहरुले त आफैंले सही गरेको संविधानको अपनत्व लिन सक्नुभएको छैन । तपाई-हामीले यसको अपनत्व लिऔं ।

र, यो संविधानमा समाजवादोन्मुख भन्ने शब्द जुन छ, यसको परिभाषा हामीले यतिमात्रै गर्‍यौं भने हामी अगाडि बढ्छौं- संविधानमा लेखिएको समाजवादोन्मुख भनेको संविधान अन्तरगत लोकतान्त्रिक समाजवाद हो ।

(साझा पार्टीले शनिबार ललितपुरको स्टाफ कलेजमा आयोजना गरेको ‘साझा नीति बहस श्रृंखला १’ मा प्रमुख वक्ताका रुपमा बरिष्ठ पत्रकार दीक्षितले व्यक्त गरेको विचारको सम्पादित अंश)



source https://www.onlinekhabar.com/2019/09/792630

‘सरकार बनेको हरेक ९ महिनामा चिलाउन थाल्छ’

१५ भदौ, काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले शनिबार अपराह्न जावलाखेलको स्टाफ कलेजमा एउटा अन्तरक्रिया आयोजना गर्‍यो । ‘साझा नीति बहस’ को पहिलो श्रृंखलाका रूपमा आयोजित अन्तरक्रियात्मक कार्यक्रमको विषय थियो– ‘समृद्धि कस्तो र कसरी ?’

‘कैयौं देशहरुमा राष्ट्रिय सुरक्षा र कूटनीतिको विषय पार्टीगत स्वार्थभन्दा माथि रहन्छ’ कार्यक्रमको सुरुमा बोलेका पार्टीका संयोजक रविन्द्र मिश्रले भने, ‘अब नेपालको परिप्रेक्ष्यमा पनि विकास र समृद्धिको मुद्दामा पार्टीगत हित र सीमाभन्दा माथि रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

विकास र समृद्धिको मुद्दामा दलहरुवीच साझा धारणा खोज्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रियाका पाहुना थिए– पूर्वअर्थमन्त्रीद्वय डा. रामशरण महत र सुरेन्द्र पाण्डे । साथमा थिइन् राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य एवं राष्ट्रियसभा सदस्य डा. विमला पौडेल ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई निम्त्याइएको थियो । दीक्षितले नेपालमा समृद्धिको खाका कस्तो हुनुपर्छ र कसरी प्राप्त गर्ने भन्ने खाका प्रस्तुत गरे ।

अंग्रेजीमा सेभेन इयर इच भन्ने चलचित्र छ । नेपालमा चाहिँ नाइन मन्थ इच ! हाम्रो बानी नै भइसक्यो- कनकमणि दीक्षित

समृद्धिको साझा सूत्रहरु खोज्ने भनिए पनि कार्यक्रममा समृद्धिका शत्रुहरु खोज्ने प्रयास बढी देखियो । कांग्रेस नेता महत आफ्नो सरकारका पालामा भएका कामको बचाऊ तिर लागे भने नेकपा नेता पाण्डे समाजवादको विश्लेषण र व्याख्यातिर लागे । नेपालको समृद्धिको सूत्र के हो भन्ने स्पष्ट विचार नेताहरुबाट खासै आउन नसकेको एक सहभागीले बताए ।

तर, पत्रकार कनकमणि दीक्षितले भने केही व्यवस्थित ढंगले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

हरेक ९ महिनामा चिलाउन थाल्छ !

दीक्षितले समृद्धिको यात्राका लागि केही आधारहरु पस्कने प्रयास गरे । जस्तो– उनले धर्मनिरपेक्षता, संघीयता, समावेशी प्रणाली र गणतन्त्रलाई यताउता गर्न खोजियो भने समृद्धिको यात्रा अवरुद्ध हुने बताए ।

‘संविधानको जुन संरचना छ, धर्म निरपेक्षता, संघीयता, समावेशिता र गणतन्त्र, यसलाई अहिले माथि–तल गर्न थाल्यौं भने तपाई बुझ्नोस्, नेपालमा के– के हुन्छ, के– के हुन्छ’ दीक्षितले भने, ‘एउटा ठूलो दलको महामन्त्रीले समेत यसको खिलाफमा बोलिसक्नुभयो । कतिपय नेताहरुले त आफैंले सही गरेको संविधानको अपनत्व लिन सक्नुभएको छैन, तपाई–हामीले यसको अपनत्व लिऔं ।’

नेपालमा १० वर्षे संक्रमणकालको अस्थिरताले गर्दा हरेक ९ महिनामा सरकार फेरिए हुन्थ्यो जस्तो खसखस लाग्ने गरेको बताउँदै उनले अर्को चुनावसम्म पर्खन र चुनावको तयारीमा लाग्न विपक्षीहरुलाई सुझावसमेत दिए ।

उनले अगाडि भने, ‘हरेक नौमहिनातिर हामीलाई उकुसमुकुस हुन थाल्छ, कि यो सरकार गइदिए पनि हुन्थ्यो’ दीक्षितले भने, ‘यो हरेक नौमहिनातिर हामीलाई उकुसमुकुस हुन थाल्छ, हामीलाई हरेक नौ महिनामा यो जेनेटिक प्रोग्रामजस्तै भइसक्यो ।’

‘अंग्रेजीमा सेभेन इयर इच भन्ने चलचित्र छ । नेपालमा चाहिँ नाइन मन्थ इच ! ९ महिना पुगेपछि चिलाउन थाल्छ ! यो हाम्रो बानी नै भइसक्यो’ पत्रकार दीक्षितले भने, ‘यो सरकारको प्रतिरक्षा गरेको नठान्नुहोला, हामीले यो इच (चिलाइ) बाट हामी मुक्त हुनुपर्छ ।’

दीक्षितले अहिले सामाजिक सञ्जालमा दक्षिणपन्थ हावी भइरहेको बताउँदै उदार तानाशाहको खोजी गर्न बन्द गर्नुपर्ने बताए ।

अहिले नेपाली सेनाले सिभिलियन बन्न खोजिरहेको बताउँदै दीक्षितले समृद्धिका लागि सेनाको संख्या घटाएर खर्च कटौती गर्नुपर्ने बताए । त्यसैगरी विप्लवका क्रियाकलापप्रति वौद्धिक समुदायले कडारुपमा प्रस्तुत हुनुपर्ने बताए ।

यो पनि पढ्नुहोस ‘उदार तानाशाह नखोजौं, सेनाको संख्या घटाऔं’

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले ०४८ सालपछि आफ्नो दलको सरकारले अपनाएको आर्थिक नीतिको बचाऊ गर्ने प्रयास गरे । उनले कांग्रेसको नेतृत्वकालमा देश समृद्धितर्फ अघि बढेको दाबी प्रस्तुत गरे ।

सत्तारुढ नेकपाका सांसदसमेत रहेका सुरेन्द्र पाण्डेले चाहिँ दलाल पुँजीवाद समृद्धिको बाधक बनिरहेको बताउँदै त्यसलाई परारस्त गर्नतिर लाग्नुपर्नेमा जोड दिए । पुरानो मोडेलको उदारवाद पनि विश्वमा नरहेको र सोभियत मोडेलको समाजवाद पनि असफल भएको भन्दै पाण्डेले अहिले पुँजीवाद र समाजवादवीचको दुरी छोटिएको बताए ।

अहिलेको राजनीतिक नेतृत्वमा स्तरीय सडक बनाउने सीपको खाँचो रहेको भएता पनि नेताहरुले जेलको अनुभव सुनाउने गरेको बताउँदै पाण्डेले आवश्यकता र पढाइका वीचमा तालमेल नमिलेको बताए ।

विकास मामिलाकी जानकार डा. विमला पौडेलले समृद्धि भनेर मात्र नपुग्ने बताउँदै सीमान्तीकृत समुदाय, महिला लगायतले त्यसको महसुस गर्न पाउने किसिमको समृद्धि चाहिने बताइन् ।

साझा पार्टीका नेता रविन्द्र मिश्रले राजा वीरेन्द्रको १८ वर्षे शासनमा पनि विकासको मूल नफुटेको भन्दै राजतन्त्रकालको आलोचना गरे । मिश्रले भने, ‘पञ्चायतकालमा, कतिपय साथीहरुले भनेको हामी बारम्बार सुन्छौं, राजा वीरेन्द्र एकदम असल राजा थिए । उनी असल थिए कि थिएनन्, आ–आफ्नो विश्लेषण होला । तर, राजा वीरेन्द्रका पालामा १८ वर्षसम्म एकछत्र शासन गर्दा पनि नेपालमा विकासको मूल फुटेन । त्यो समयमा संसारका अन्य देशहरुमा हेर्ने हो भने तीव्ररुपमा आर्थिक विकास भएको देखिन्छ ।’

मिश्रले अगाडि भने, ‘विकास र समृद्धि नेपालले किन हासिल गर्न सकेन ?.. कसरी र के कारणले गर्दा विकास र समृद्धि भएन ? हामीले चाहेको के हो र यो कसरी आउँछ भन्ने विषयलाई बहसमा लैजान आवश्यक छ ।’



source https://www.onlinekhabar.com/2019/09/792629

लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, ६ घर उच्च जोखिममा

१५ भदौ, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनः पहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै ६ घर उच्च जोखिममा परेको छ ।

मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्यांकी निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भए पनि त्यस स्थानमा पुनः पहिरो गएको हो ।

पानीट्यांकी निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करिब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ ।

पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ ।

खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्यांकी बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनः पहिरो गएको उनले जानकारी दिए । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उहाँले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए ।

३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो ।



source https://www.onlinekhabar.com/2019/09/792636

कश्मीर मुद्दामा सशर्त वार्ता गर्न पाकिस्तान तयार 

१५ भदौ, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले जम्मू-कश्मीर मुद्दामा भारतसँग सशर्त वार्ता गर्न तयार रहेको बताएका छन् । उनले वार्तामा तेस्रो पक्षको मध्यस्थतालाई पनि स्वागत गरिने बताए ।

बीबीसी उर्दूलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री कुरैशीले भनेका छन्- पाकिस्तान वार्ताको लागि तयार छ । तर भारतको कारण वार्ताको वातावरण अनुकुल बनेको जस्तो लाग्दैन ।

उनले वार्ताका लागि भारत प्रशासित कश्मीरमा जारी कर्फ्यू हटाउनु पर्ने, पक्राउ परेका कश्मीरी नेताहरुलाई रिहा गर्नुपर्ने, आधारभूत अधिकार बहाल हुनुपर्ने लगायतका सर्त राखे ।

उनले भने, ‘भारत यदि गम्भीर छ भने सबैभन्दा पहिले कश्मीरी नेताहरुलाई रिहा गर्नुपर्छ । उनीहरुलाई मसँग भेट्न र परामर्श गर्न अनुमति दिइयोस् । मैले उनीहरुको भावना बुझ्नुपर्छ । किनभने हामी कश्मीरी जनताको भावनालाई नरजअन्दाज गरेर वार्ताको टेबुलमा बस्न सक्दैनौं ।’

युद्ध विनाशकारी हुन्छ । त्यसैले निश्चतरुपमा यो कुनै विकल्प होइन । यद्यपि पाकिस्तानलाई युद्ध थोपरियो भने हाम्रा सशस्त्र फौज त्यसका लागि तयार छन्

भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोस्नुअघि टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गराएर कश्मीरी अगुवाहरुलाई हिरासतमा लिएको थियो । त्यसको विरोध गर्नेहरुलाई भारतीय सेनाहरुले नियन्त्रणमा लिएर चरम यातना दिएको समाचारहरु पनि सार्वजनिक भइरहेका छन् ।

विदेशमन्त्री कुरैशीले पाकिस्तानले युद्धलाई कुनै विकल्पको रुपमा नलिएको, आक्रामक विदेशनीति पनि कहिल्यै नअपनाएको र सधैं शान्तिलाई प्राथमिकतामा राखेको बताए । उनले भनेका छन्, ‘पाकिस्तानको वर्तमान सरकार विगत एक वर्षदेखि सत्तामा छ । यसक्रममा भारतसँग वार्ता गर्न पटक-पटक भन्दै आएको छ ताकि दुवै देशबीचका मुद्दा खासगरी कश्मी मामला सुल्झाउन सकियोस् ।’ उनले परमाणु हतियारले सम्पन्न दुवै देशले युद्धको जोखिम लिन नसक्ने बताएका छन् ।

उनले भने, ‘युद्ध विनाशकारी हुन्छ । यसबाट विश्व नै प्रभावित हुन्छ । त्यसैले निश्चतरुपमा यो कुनै विकल्प होइन । यद्यपि पाकिस्तानलाई युद्ध थोपरियो भने पाकिस्तानका सशस्त्र फौज त्यसका लागि तयार छन् ।’

उनले भने, ‘२६ फेब्रुअरीमा भारतले आक्रामकता देखाएको थियो, हामीले उसैगरी त्यसको जवाफ दियौं । हामीले भारतका दुई जेटलाई खसालिदियौं र उसको एक पाइलटलाई पक्राउ गरेका थियौं । गजनबी ब्यालेस्टिक मिसाइलको परीक्षण गर्‍यौं । यसले हाम्रो तयारीलाई दर्शाउँछ ।’

पाकिस्तानको कूटनीतिक प्रभाव

वर्षौंदेखि बेवास्ता गरिएको कश्मीर मुद्दा अहिले विश्वभर चर्चामा आउनु, अन्तर्राष्ट्रियस्तरमा पनि विरोध प्रदर्शन हुनु र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा बहस हुनुलाई विदेशमन्त्री कुरैशीले पाकिस्तानको कूटनीतिक सफलताको रुपमा ब्याख्या गरे ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मुद्दालाई दुईपक्षीय मुद्दा भने पनि यो अन्तर्राष्ट्रिय मुद्दा भएको बताए । जम्मू-कश्मीर मुद्दासँग सम्बन्धित ११ प्रस्तावलाई सुरक्षा परिषदले पारित गरेको बताउँदे उनले ती भारतका लागि बाध्यकारी भएको जिकीर गरे ।

कश्मीर मुद्दामा खाडी देशको मौनता तथा युएई र बहराइनले भारतीय प्रधानमन्त्री मोदीलाई गरेको सम्मानबारे सोधिएको प्रश्नमा पाकिस्तानी विदेशमन्त्री कुरैशीले भारतसँग खाडी देशको व्यापारीक र द्विपक्षीय सम्बन्ध भए पनि कश्मीरमा स्पष्ट राय भएको दाबी गरे । उनले खाडी देशहरुको पाकिस्तानको साथी भएको र उनीहरुले पाकिस्तान अप्ठ्यारोमा परेको बेला सहयोग गरेको स्मरण गरे । उनले भने, ‘खासगरी जब हाम्रो अर्थ व्यवस्था संकटमा पर्दा सधैं हाम्रो मद्दत गरेका छन् । पाकिस्तान जब डिफल्टर हुने स्थितिमा थियो, संयुक्त अरब इमिरेट्स -युएई) नै हो, जो हामीलाई सहयोग गर्न आएको थियो । लाखौं पाकिस्तानी साउदी अरबमा र युएईमा काम गरिरहेका छन् । के हामीलाई उनीहरुबाट सहयोग मिलेको छैन ?’

उनले भने, ‘पाकिस्तानी जनता निराश हुनु जरुरी छैन । तथ्य जब सार्वजनिक हुन्छ, खाडी देशहरु पाकिस्तानसँग हुने छन् ।’ उनले छिट्टै युएईको विदेशमन्त्रीसँग आफूले कुरा गर्ने जानकारी पनि गराए ।

साउदी अरबको भूमिकाबारे सोधिएको प्रश्नमा उनले न्यूयोर्कमा आयोजित ‘कश्मीर ग्रुप’को बैठकमा साउदी अरब पनि सक्रिय सहभागी हुने विश्वास व्यक्त गरे ।

अमेरिकासँग अपेक्षा

पाकिस्तानले कश्मीर मुद्दा सुल्झाउनका लागि अमेरिकाको सकारात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए । उनले भने, ‘अमेरिकासँग पाकिस्तानको निकट सम्बन्ध छ जसलाई उसले सामरिक साझेदार मान्दछ । त्यसैले केबल अमेरिका मात्र हो जसले भारतलाई सहमत गराउन सक्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताको लागि तयार रहेको अभिव्यक्ति दिइसकेको बताउँदै पाकिस्तानी विदेशमन्त्री कुरैशीले भने, ‘पाकिस्तानले उनको प्रस्ताव स्वीकार गरिसकेको छ तर भारतले भने अस्वीकार गरिदियो ।’ उनले भारत सुरक्षा परिषदको प्रस्तावबाट भागिरहेको आरोप पनि लगाए ।

पाकिस्तानका पूर्व सैन्य शासक एवम् राष्ट्रपति परवेज मुशर्रफको बेला कश्मीर मुद्दाको विषयमा भारत र पाकिस्तानबीच वार्ता भएको थियो । सो वार्ता समस्या समाधानको नजिक पुगेको भनिएको थियो । तर, त्यसमा कश्मीरी जनताको आवाजलाई सामेल नगरिदिँदा सफल नभएको पाकिस्तानी विदेशमन्त्री कुरैशीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2019/09/792625

एटीएमबाट पैसा चोर्दा–चोर्दै ५ चिनियाँ दरबारमार्गबाट पक्राउ

१५ भदौ, काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै चिनियाँ नागरिक हुन् ।

पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई जानकारी दिए ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।



source https://www.onlinekhabar.com/2019/09/792626

पहिरोले घर पुरिँदा जाजरकोटमा आमा र दुई छोरीको मृत्यु

१५ भदौ, जाजरकोट । जिल्लाको भेरी नगरपालिका– २, तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।

आइतबार बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उनले बताए । अहिले घटनास्थलमा उद्धारकार्य जारी छ ।



source https://www.onlinekhabar.com/2019/09/792624

डिभोर्सपछि झन् नजिकिए ऋतिक र सुजैन

बलिउड अभिनेता ऋतिक रोशन तथा सुजैन खानको डिभोर्स भएको धेरै भैसक्यो, तर रमाइलो कुरा के छ भने आजका मितिसम्म उनीहरु असल साथीको रुपमा रहेका छन् ।

वैवाहिक जीवन टुंग्याए पनि उनीहरुलाई प्रायः सँग-सँगै देखिन्छ । कतिपटक त उनीहरु विदा मनाउनका लागि पनि सँगै गएका छन् । डिनरमा पनि धेरै पटक उनीहरुलाई सँग-सँगै देखिएको छ ।

डिभोर्सपछि नै दुवैले मजाले एक-अर्काको प्रशंसा गरिरहेको पनि सुन्न पाइएको छ । हालै मात्र ऋतिक रोशनले सुजैनका बारेमा एउटा प्रतिक्रिया दिएका छन् । ऋतिकको भनाइ छ, ‘आज पनि सुजैन मेरो लागि विशेष छिन् । मैले सुजैनसँग निकै नै विशेष समय बिताएको छु ।’

ऋतिकको भनाइ छ, ‘सुजैन पहिला पनि मेरो जिन्दगीको निकै महत्वपूर्ण अंग थिइन् र आज पनि उनले मेरो जिन्दगीमा निकै ठूलो महत्व राख्छिन् । मलाई धेरै जना मानिसहरुले आएर हाम्रो सम्बन्धले आफूलाई प्रेरणा दिएको बताउँछन् । यो कुरा सुन्दा मलाई निकै खुशी लाग्छ । प्रायः जोडीहरु कस्ता हुन्छन् भने डिभोर्स भएपछि एक-अर्काबीचको मित्रताको सम्बन्ध समेत राख्दैनन्, एक-अर्काको अनुहार समेत हेर्न रुचाउँदैनन् । वास्तवमा त्यस्तो हुनुचाहिँ राम्रो होइन ।’

त्यसो त ऋतिकले सुजैनसँग पुनः डिभोर्सअघि कै सम्बन्धमा पुग्न सक्ने सम्भावनालाई भने नकारेका छन् । सुजैनले पनि ऋतिकलाई असल साथीमै सीमित राख्न खोजेको अनुमान गरिन्छ ।

पछिल्लो समय ऋतिक नयाँ फिल्म ‘वार’ को प्रतिक्षामा छन् । उक्त फिल्ममा ऋतिकले अभिनेता टाइगर श्राफसँग मुख्य भूमिका निर्वाह गरेका छन् । उक्त फिल्मको टे्रलरले दर्शकको मन जितिसकेको छ । उक्त फिल्मको टे्रलर सार्वजनिक भएपछि सुजैनले समेत ऋतिकको प्रशंसा गरेकी थिइन् ।



source https://www.onlinekhabar.com/2019/09/792598

अमेरिकामा फेरि बन्दुक आक्रमण, ५ को मृत्यु, १६ घाइते

१५ भदौ, काठमाडौं । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ भने दर्जन बढी घाइते भएका छन् ।

एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो ।

टेक्सासका प्रहरी प्रवक्ताले घटनाको पुष्टि गर्दै गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र अन्य १६ घाइते भएको जनाएका छन् । ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुले जनाएअनुसार, २ वर्ष मुनिका बच्चालाई समेत बन्दुकधारीले गोली दागेका छन् । ती बच्चाको अहिले ओडेसाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

ओडेसा नगरका प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले आफ्नो गाडी रोक्ने ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए । अन्दाजी ३० वर्षका ती बन्दुकधारी त्यसपछि हुलाक सेवाका ट्रक नियन्त्रणमा लिएर मिडल्यान्ड नगरतर्फ हुइँकिएका थिए ।

प्रहरीले एक संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारेको छ । उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको हो । घटनामा अन्य व्यक्तिको संलग्नता रहे/नरहेको बारे अनुसन्धान भइरहेको बताइएको छ ।

गोली कुन प्रयोजनका लागि हानियो भन्ने अहिलेसम्म खुलेको छैन ।

घटनाबारे महान्यायाधिवक्ताबाट जानकारी लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआईलगायतले यसबारे अनुसन्धान गरिरहेको लेखेका छन् ।

मास सुटिङ अमेरिकाका लागि कुनै नयाँ घटना होइन ।  ४ साताअघि मात्रै पनि टेक्सासको एल पासोमा अन्धाधुन्ध गोली प्रहार भएको थियो । जसमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।



source https://www.onlinekhabar.com/2019/09/792622

न्यूयोर्कमा फिल्म पढ्न थालिन् शाहरुखकी छोरी

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान न्यूयोर्क यूनिभर्सिटीमा भर्ना भएकी छन् । न्यूयोर्क यूनिभर्सिटीलाई विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्येको एक मानिन्छ । त्यसैले पनि सुहानाको उक्त विश्वविद्यालयमा भएको एड्मिसनलाई विशेष मानिएको छ ।

उक्त विश्व विद्यालयमा सुहानाले स्नातक तहको अध्ययन गर्नेछिन् । एउटा समाचारमा जनाइए अनुसार सुहानाले फिल्म विषयमा स्नातक गर्न लागेकी हुन्। त्यसो त सुहानाले नियमित रुपमा कक्षा लिन थालिसकेकी छिन् ।

त्यसअघि उनले इङ्गल्याण्डको आर्डिगली कलेजबाट ग्राजुएसन गरेकी थिइन् । गत जून महिनामा शाहरुख खान, उनकी श्रीमती गौरी तथा कान्छा छोरा अबराम, सुहानाको ग्राजुएसन सेरोमनीमा भाग लिन बेलायतको ससेक्स पुगेका थिए । त्यहाँ सुहानालाई उनको ड्रामा सोसाइटीमा भाग लिएका कारण अवार्ड समेत प्रदान गरिएको थियो ।

यसैबीच, यही बेला सामाजिक सञ्जालमा शाहरुख खानकी छोरीको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी न्यूयोर्क यूनिभर्सिटीको भर्‍याङ उक्लिरहेको देखिएको छ । त्यसक्रममा सुहानाले डेनिम शर्ट्स तथा सेतो टिसर्ट र स्नीकर्स लगाएकी छिन् । त्यसअघि सार्वजनिक भएको एउटा समाचार अनुसार न्यूयोर्कको पढाइ पूरा भएपछि सुहाना बलिउड प्रवेश गर्ने सम्भावना प्रवल छ ।

त्यसो त सुहाना चाँडै नै एउटा छोटो फिल्ममा देखिने सम्भावना छ, जसको पोस्टर हालै मात्र भाइरल भएको थियो । पोस्टरमा सुहानाले कालो र नीलो पहिरन लगाएर मुस्कुराइरहेको देखिन्छ । सुहाना इन्स्टाग्राममा निकै सक्रिय छिन्, जहाँ उनी नियमित रुपमा तस्वीर सार्वजनिक गरिरहन्छिन् ।

 

 



source https://www.onlinekhabar.com/2019/09/792597

आत्मघाती गोलले नापोली पराजित

१५ भदौ, काठमाडौं । युभेन्टसले इटालियन सिरी ए फुटबलमा नापोलीलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा युभेन्टसले नापोलीलाई ४–३ गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो, गोञ्जालो हिगुइन र ड्यानिलोले गोल गरे । एक गोल भने उपाहारस्वरूप युभेन्टसले पाएको थियो । यता, नापोलीका लागि भने कोष्टास मानोलस, हिर्भिङ लोजानो र जियोवन्नी डी लोरेन्जोले गोल गरे ।

खेलको १६औं मिनेटमा नै ड्यानिलोले गोल गरेपछि युभेन्टस १–० गोलले अघि रह्यो । १९औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्टसलाई २–० गोलको अग्रता दिलाए ।

६२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–० गोलको अग्रता दिलाए । ६६ औं मिनेटमा मानोलसले गोल गरेपछि नापोली ३–१ गोलको स्थितिमा पुगेको थियो । त्यस्तै, ६६औं मिनेटमा लोजानोले र ८१ औं मिनेटमा लोरेन्जोले गोल गरेपछि भने नापोलीले युभेन्टसविरुद्ध ३–३ गोलको बराबरी बनाउँदै उत्कृष्ट पुनरागमन गर्‍यो ।

तर खेलको अतिरिक्त समयमा नापोलीले आत्मघाती गोल गर्न पुग्यो । कोलिबालीले आत्मघाती गोल गरेसँगै खेल युभेन्टसले ४–३ गोलअन्तरले जितेको हो ।



source https://www.onlinekhabar.com/2019/09/792620

बर्नलीमाथि लिभरपुलको सहज जित

१५ भदौ, काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायमै राख्ने क्रममा बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले गोल गरे । त्यस्तै, एक गोल भने बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेपछि उपाहारस्वरूप पाएको थियो ।

३३ औं मिनेटमा वुडले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेपछि लिभरपुलले १–० गोलको अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि अर्थात् खेलको ३७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० गोलको अग्रता दिलाए ।

प्हिलो हाफमा २–० गोलको अग्रता बनाएको लिभरपुलले खेलको ८० औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने फिर्मिन्होले गोल गरेका थिए । निर्धारित समयसम्म बर्नलीले गोल फर्काउन नसकेपछि खेल लिभरपुलले ३–० गोलले जितेको हो ।

 



source https://www.onlinekhabar.com/2019/09/792618

छापामा आज : निजगढमा प्रदेश २ ले रूख काट्न नदिने

१५ भदौ, काठमाडौं । सुर्खेतको गौहत्या प्रकरणदेखि तमसुक बनाएर सर्लाहीका स्थानीयमाथि एक व्यक्तिले गरेकाे ठगीसम्मका विषय आजका दैनिक पत्रिकारूको प्राथमिकतामा परेका छन् ।

कान्तिपुर र अन्नपूर्णले आज नक्कली तमसुक बनाउँदै सर्लाहीका एक व्यक्तिले गरेको अतिचारबारे मुख्य समाचार बनाएका छन् । सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी) नामका व्यक्तिले नक्कली तमसुक बनाउँदै गाउँलेलाई ठगेका हुन् । उनले एउटै ऋणका १९ वटासम्म तमसुक बनाएको पाइएको छ । अन्नपूर्णका अनुसार, परदेशीले १–२ जना मात्र नभएर ३०० जनासँग जबरजस्ती असुली गरेका छन् । समाचार अनुसार, नतिर्नेलाई धम्क्याउने तथा अदालतमा मुद्दा हाल्नेसम्मका हर्कत उनले गर्ने गरेका छन् । यस्तो अतिचारपछि केहीले आत्महत्या समेत गरेको पाइएको छ ।

पटक–पटक ठगिएको गुनासो गर्दा पनि न्याय नपाएपछि गाउँलेहरू न्यायका लागि दोस्रोपटक काठमाडौं आएको कान्तिपुरले लेखेको छ । परदेशीले फर्जी कागज बनाएर लिएकोभन्दा बढी ऋण तिर्न बाध्य पारेर अदालतमा मुद्दा हालेपछि दुई वर्षअघि पनि उनीहरु यसरी नै राजधानी आएका थिए । तर, न्याय पाउनुको साटो उल्टै असुली यथावत रहेपछि उनीहरू पुनः आफ्नो न्यायका लागि राजधानी आएका हुन् ।

प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरु काट्न नदिने भएको खबर कान्तिपुरले छापेको छ । समाचार अनुसार उसले विमानस्थल बनाउन प्रदेशभित्रैको अरू खाली जग्गा प्रयोग गर्न संघीय सरकारलाई सुझाउने निर्णय गरेको छ ।

पछिल्लो समय निजगढमा रुख काटेर विमानस्थल बनाउने कि अन्यत्र बनाउने भन्ने विषय बहसमा छ ।

प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पुर्याउने घोषणा गरिएकामा रुख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले बताएका छन् ।

अन्नपूर्णले सुर्खेत गौहत्या प्रकरणबारे समाचार बनाएको छ । समाचार अनुसार दैलेखमा कसैले पनि गाई नमगाएको खुलेको छ ।

यसअघि दैलेखबाट गाई मगाइएपछि नेपालगञ्जबाट त्यसतर्फ लगिएको समाचारहरु प्रकाशमा आएका थिए । तर, अन्नपूर्णले दैलेखबाट गाई मगाएको नभेटिएको जनाएको छ ।
नागरिकले पनि गौहत्या प्रकरणबारे प्रमुखतापूर्वक समाचार बनाएको छ । उसले सम्पादकीय नै लेखेर यसलाई पशुप्रतिको क्रुरता भनेको छ ।



source https://www.onlinekhabar.com/2019/09/792608

बाल कलाकारको रुपमा अभिनय थाल्ने चर्चित अभिनेत्रीहरु

काम गर्ने दृष्टिकोणले बलिउड एउटा निकै नै गाह्रो ठाउँ हो । पहिलो कुरा त त्यहाँ  ब्रेक पाउनै मुश्किल हुन्छ । यदि काम पाइयो भने पनि त्यहाँ टिकिरहन झनै मुश्किल हुन्छ । यो कुरा बाल कलाकारहरुको प्रसंगमा त अझ बढी सत्य सावित हुन्छ । थुप्रै प्रतिभाशाली बाल कलाकारहरु बलिउडका गल्लीहरुमै हराउ“छन् । तर, आज हामी ती अभिनेत्रीहरुको बारेमा चर्चा गर्दैछौं, जसले सानो उमेरमै फिल्मी संसारमा कदम राखेका थिए । बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरे पनि यिनीहरु हराएनन्, उल्टो अघि बढेर आफ्नो क्षमता अनुरुपको पहिचान बनाउन सफल भए ।

आलिया भट्ट

बलिउडकी लोकप्रिय अभिनेत्री आलिया भट्टलाई दर्शकहरुले करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत पहिलो पटक अभिनेत्रीको रुपमा देखेका हुन् । तर उनी सन् १९९९ मै प्रदर्शन भएको फिल्म ‘संघर्ष’ मा देखिएकी थिइन् । उक्त फिल्ममा आलियाले अभिनेत्री प्रीति जिन्टाको बाल्यकालको भूमिका निर्वाह गरेकी थिइन् । त्यस बेला आलिया केवल ६ वर्षकी थिइन् ।

श्रुति हसन

त्यसो त अभिनेत्री श्रुति हसनले सन् २००९ मा प्रदर्शन भएको फिल्म ‘लक’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । तर, ठूलो पर्दामा उनी पहिलो पटक सन् २००० मा प्रदर्शन भएको फिल्म ‘राम’ मा देखिएकी थिइन् । उक्त फिल्मको मुख्य भूमिका उनकै बुवा कमल हसनले निर्वाह गरेका थिए ।

तब्बू

सन् १९९४ मा फिल्म ‘विजयपथ’का लागि फिल्म फेयरको बेस्ट डेब्यू अवार्ड जित्न सफल अभिनेत्री तब्बूले त्योभन्दा करिव ९ वर्षअघि नै फिल्ममा डेब्यू गरिसकेकी थिइन् । उनी सन् १९८५ मा प्रदर्शन भएको देवानन्दको फिल्म ‘नौजवान’ मा देवानन्दकी कान्छी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन् । यसबाहेक तब्बूको मुख्य अभिनेत्रीको रुपमा अभिनय गरेको पहिलो फिल्म भने तेलुगू भाषाको ‘कुली नम्बर वन’ थियो ।

श्रीदेवी

बलिउडमा रुपकी रानीको उपनामले चर्चित अभिनेत्री श्रीदेवीले पनि निकै कम उमेरदेखि नै फिल्मी संसारसँग सम्बन्ध गाँसेकी थिइन् । श्रीदेवीले बाल कलाकारको रुपमा पहिलो पटक तमिल फिल्ममा अभिनय गरेकी थिइन् । त्यो बेला उनको उमेर केवल चार वर्षको थियो ।

फातिमा सना शेख

दंगल गर्लको उपनामले चर्चित अभिनेत्री फातिमा सना शेखले सन् १९९७ मा प्रदर्शन भएको कमल हसनको फिल्म ‘चाची ४२०’ मार्फत फिल्मी क्षेत्रमा बाल कलाकारको रुपमा कदम राखेकी थिइन् ।

नितु सिंह

७० को दशककी उत्कृष्ट अभिनेत्रीको रुपमा रहिसकेकी नितु सिंहले सन् १९६६ मा प्रदर्शन भएको फिल्म ‘सूरज’ मार्फत ठूलो पर्दामा डेब्यू गरेकी थिइन् । फिल्म ‘दो कालिया’बाट चर्चित भएकी यी बाल कलाकारलाई त्यतिबेला ‘बेबी सोनिया’ नामले समेत चिनिन्थ्यो । बाल कलाकारको रुपमा नितुले धेरै वटा फिल्ममा अभिनय गरेकी थिइन् ।

कोंकणा सेन शर्मा

अभिनेत्री कोंकणा सेन शर्माले निर्देशकको रुपमा समेत आफूलाई स्थापित गराइसकेकी छिन् । सन् २००३ मा प्रदर्शन भएको फिल्म ‘मिस्टर एण्ड मिसेज अय्यर’ तथा सन् २००५ मा प्रदर्शन भएको फिल्म ‘पेज थ्री’ मार्फत दर्शकको मन जित्न सफल कोंकणा बंगाली भाषाका फिल्महरुकी स्थापित कलाकार थिइन् । उनले पनि बाल कलाकारको रुपमा अभिनय गरेकी थिइन् । उनले अभिनय गरेको पहिलो फिल्म १९८३ मा प्रदर्शन भएको थियो । बंगाली भाषाको फिल्म ‘इन्दिरा’ मा उनले बाल कलाकारको रुपमा अभिनय गरेकी थिइन् ।

हंसिका मोटवानी

ऋतिक रोशनको फिल्म ‘कोई मिल गया’ मा उनकी एउटी सानी साथी छिन्, उनको नाम हो हंसिका मोटवानी । उनी आज दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री बनिसकेकी छन् । त्यसो त हंसिकाले अभिनेत्रीको रुपमा अभिनय गरेको पहिलो फिल्म हिन्दी भाषामै बनेको थियो । संगीतकार हिमेश रेशमियाको फिल्म ‘आपका सुरुर’ मार्फत अभिनेत्रीको रुपमा डेब्यू गर्ने हंसिका अहिले दक्षिण भारतीय फिल्ममै व्यस्त छिन् ।

उर्मिला मातोडकर

रामगोपाल बर्माको फिल्म ‘रंगीला’ मार्फत अभिनेत्रीको रुपमा डेब्यू गर्ने उर्मिला मातोडकरलाई बलिउडमा ‘रंगीला गर्ल’कै उपनामबाट चिनिन्छ । हाल उनी अभिनयबाट समेत टाढिएर राजनीतिकर्मीको रुपमा स्थापित हुँदैछिन् । तर फिल्ममा भने उनले पनि बाल कलाकारकै रुपमा आफ्नो अभिनय यात्रा प्रारम्भ गरेकी थिइन् । उनले बाल कलाकारको रुपमा अभिनय गरेको पहिलो फिल्म थियो ‘मासुम’, जुन सन् १९८३ मा प्रदर्शन भएको थियो । उक्त फिल्ममा उर्मिलाले शबाना आजमी तथा नसरुद्दीन शाहकी छोरी पिंकीको भूमिका निर्वाह गरेकी थिइन् ।

सना सइद

सन् १९९८ मा प्रदर्शन भएको शाखरुख खानको फिल्म ‘कुछ कुछ होता है’ मा शाखरुख खानकै छोरीको भूमिका निर्वाह गर्ने बाल कलाकार हुन् सना सइद । सनाले ठूली भएपछि सन् २०१२ मा प्रदर्शन भएको आलिया भट्ट–वरुण धवन स्टारर फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा तान्या इसरानीको भूमिका निर्वाह गरेकी थिइन् । त्यसो त अगाडि गएर सनाले फिल्मको तुलनामा टेलिभिजन बढी सफलता पाइन् ।

पूजा रुपारेल

बलिउडको अत्यधिक सफल फिल्म ‘दिलवाले दुल्हनिया“ ले जाएंगे’ मा छुट्कीको भूमिका निर्वाह गर्ने बाल कलाकार हुन् पूजा रुपारेल । सन् १९९५ मा प्रदर्शन भएको उक्त फिल्ममा पूजाले अभिनेत्री काजोलकी कान्छी बहिनीको भूमिका निर्वाह गरेकी थिइन् । ठूली भएपछि पूजाले अनिल कपूरको एउटा अन्तर्राष्ट्रिय सिरीमा अभिनय गरिरहेको देखिएको थियो ।

आयशा टाकिया

फिल्म ‘टार्जनः द वन्डर कार’ मार्फत बलिउडमा डेब्यू गर्ने अभिनेत्री आयशा टाकियाले पनि ग्ल्यामर क्षेत्रमा बाल्यकालदेखि नै कदम राखेकी हुन् । एउटा इनर्जी ड्रिङ्क्सको विज्ञापनमा उनी भन्ने गर्थिन्—‘आई एम अ कम्प्लेन गर्ल ।’ आज टार्जन द वन्डर कारपछि आयशाले वान्टेड, दिल मा“गे मोर, डोर, सण्डे, पाठशाला, सलाम ए इश्क, क्या लभ स्टोरी है जस्ता फिल्ममा अभिनेत्रीको रुपमा काम गरिसकेकी छिन् ।

अमृता प्रकाश

सन् २००१ मा प्रदर्शन भएको निर्देशक अनुभव सिन्हाको फिल्म ‘तुम बिन’ मा मिलीको चरित्र निर्वाह गर्ने बाल कलाकार अमृता प्रकाश अहिले निकै ठूली र राम्री भएकी छिन् । अमृताले अचेल थुप्रै हिन्दी धारावाहिक श्रृंखलाहरुमा अभिनय गरिरहेकी छिन् ।



source https://www.onlinekhabar.com/2019/09/792607

पर्यटनमन्त्रीले देउवालाई सुनाए भ्रमण वर्षको तयारी

१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

भेटका लागि मन्त्री भट्टराई शनिबार विहान पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठ पुगेका थिए । मन्त्री भएपछि पहिलो पटक देउवालाई भेटेका भट्टराईले मन्त्रालयको बार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२०बारे जानकारी गराएका छन् ।

‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहााले अभिरुचीका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनुभएको छ’ मन्त्री भट्टराईले भनेका छन् ।



source https://www.onlinekhabar.com/2019/08/792524

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने

१४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले अनलाइनखबरसँग भने, ‘जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म (भदौ १५ गतेदेखि पुस १५ गतेसम्म) राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान-अवतरण सबै बन्द हुनेछन् ।’

नेपाल एयरलाइन्स ओशाका उड्दा बन्द नहुने

यद्यपि नेपाल एयरलाइन्सको ओशाका उडान हुने दिन भने केही समय विमानस्थल खुलाइने छ । नेपाल एयरलाइन्स ओसाका उडिसकेपछि फेरि विमानस्थल बन्द गरेर मर्मतको काम गरिने छ । नेपाल एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

महाप्रवन्धक क्षेत्रीले अनलाइनखबरसँग भने ‘नेपाल एयरलाइन्सको ओसाका फ्लाइट नहुने दिनचाहिँ साढे ११ बजेदेखि बन्दै हुन्छ, फ्लाइट हुने दिन साढे ११ बजेबाट एयरपोर्ट बन्द हुन्छ, कामचाहिँ सुरु हुन्छ । अनि ठ्याक्क दुई बजे काम बन्द हुन्छ, एयरपोर्ट सुरु हुन्छ । अढाई बजे जहाज उडेपछि फेरि एयरपोर्ट बन्द हुन्छ र बिहान साढे ६ बजेसम्म काम सुरु हुन्छ ।’

यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर रनवे (धावनमार्ग)को जिर्णोद्धार गरिएको थियो । अब दोस्रो चरणअन्तर्गत रनवे सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने महाप्रवन्धक क्षेत्रीले जानकारी दिए ।

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको त्रिभुवन विमानस्थलको जिर्णोद्धारको काम चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गर्दै आएको छ ।



source https://www.onlinekhabar.com/2019/08/792522

सहिद पार्कमा ठडिन थाले सालिक (फोटो फिचर)

१४ भदौ, पोखरा । पोखरा महानगरमा प्राय सबै चोकभरि विभिन्न व्यक्तित्वका सालिक छन् । ती सालिक कुनै राष्ट्रिय विभूतिका हुन् भने कुनै सहिदका । जसको सालिक हो, त्यसैको नामबाट चोकको नाम राखिएको छ । पृथ्वीचोक (लखन थापा) चोक, हरि चोक, वीपी चोक आदि त्यसैका उदाहरण हुन् ।

व्यस्त शहरको चोकमा ठडिएका ती सालिकले ठूलो ठाउँ ओगटेकाले आउजाउमा समस्या भयो । त्यस्ता सालिक (खासगरी लखन थापाको सालिक) स्थानान्तरण गर्न खोज्दा चर्को विवादसमेत भयो ।

यो पनि पढ्नुहोस पोखरामा शालिक राजनीतिको ‘सेफ ल्याण्डिङ’: अब सबै शालिक पार्कमा

तर, महानगरको योजना अर्कै थियो, ‘कुनै निश्चित ठाउँमा एउटा पार्क बनाउने र त्यही पार्कमा सबै सहिद तथा राष्ट्रिय विभूतिका सालिक राख्ने । त्यस पार्कलाई पर्यटकीय गन्तव्य बनाउने र पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने ।’ यही योजनाअनुसार अहिले सराङकोटको जामुनबोटमा सहिद पार्क बनाएर शहरका सालिकलाई त्यहीँ स्थानान्तरण गर्ने कामको थालनी भएको छ ।

पोखरा १८ सराङकोट, जामुनबोटमा अहिले ५६ रोपनी जग्गामा पार्क तयार भइसकेको छ । पार्क बनाउन महानगरले गत आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये प्रारम्भिक चरणको काम सक्न ४५ लाख रुपैयाँ खर्च भएको महानगरको भनाइ छ ।

पार्कको सबैभन्दा माथिल्लो भागमा पृथ्वीनारायण शाहको सालिक ठडयाइएको छ । शाहको अघिल्तिरबाट पोखरा बजार क्षेत्र, फेवातालदेखि अन्नपूर्ण हिमशृंखला नियाल्न सकिन्छ । शाहको पूर्णकदको सालिक ६ फिट ३ इन्च अग्लो छ ।

पार्कमा करिब २० सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना बनाइरहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीका स्वकीय सचिव लक्षमण तिमिल्सिनाले जानकारी दिए । ‘यही आर्थिक वर्षमा ३ वटा नभए कम्तिमा एउटा सालिक राख्ने गरी काम अघि बढिरहेको छ । अर्को आर्थिक वर्षदेखि सडकका बीचमा रहेका सबै सालिक पार्कमा व्यवस्थापन गरिसक्छौं,’ उनले भने ।

रविन्द्र अधिकारीको पनि सालिक राखिने

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पृष्पलाल र जनआन्दोलन ०६२/६३ का प्रथम शहिद भीमसेन दाहालको अर्धकदको सालिक पनि ठडयाइसकिएको छ । अब केही समयपछि दिवंगत पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सालिकसमेत राखिने पोखरा १८ का वडा सदस्य हरि लम्सालले जानकारी दिए ।

‘पार्कमा रवीन्द्र ब्लक बनाइन्छ । त्यसमा एउटा ठूलो डमी हेलिकप्टर राखिन्छ । त्यसले स्व. रवीन्द्रको सम्झना ताजा बनाइराख्ने विश्वास लिएका छौं,’ कार्यवाहक वडाअध्यक्षसमेत रहेका लम्सालले भने । उनले पार्कमा व्यायामशाला निर्माण भइसकेको र चाँडै सेमिनार हल, बाल उद्यान लगायत पूर्वाधार बनाइने जानकारी दिए ।

वीपी कोइराला, भीमसेन थापा, हरि गुरुङ, योगेन्द्रमान शेरचन, लखन थापालगायत २० सहिद तथा राष्ट्रिय विभूतिको सालिक पार्कमा राख्ने महानगरको योजना छ । महानगरले पार्क पूर्णरुपमा तयार भइसकेपछि सडक चोकका सबै सालिकहरुलाई पार्कमा स्थानान्तरण गरेर सडक चौडा बनाउने जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/08/792508

परिवारभित्रै अपराधी : पहिले गुण्डागर्दी, अहिले साइबर क्राइम

१४ भदौ, काठमाडौं । पर्साको कालिकामाई– ५ मा खुर्पा प्रहार गरेर ३२ साउनमा मुक्तिनारायण राउत कुर्मीले श्रीमती संगीतादेवीको हत्या गरे । मादक पदार्थ सेवन गरेका राउतले सामान्य विवादमा श्रीमतीको घाँटी रेटेको प्रहरी बताउँछ ।

झापाको कमल गाउँपालिका–१ का प्रकाश थापाले ४ साउनमा चिरपट प्रहार गरेर ७० वर्षीय बुबा सूर्यबहादुर थापाको हत्या गरे । बुबाछोराबीच सामान्य विषयमा झगडा हुँदा घटना भएको झापाका प्रहरी प्रमुख दिनेशराज मैनाली बताउँछन् ।

पोखरामा १ असारदेखि हराइरहेकी लक्ष्मी परियारको शव २५ दिनपछि कर्कले जंगलमा भेटियो । प्रहरी अनुसन्धानपछि १ साउनमा घटनामा संलग्न भएको लक्ष्मीका पति ३५ वर्षीय रमेश नेपालीसहित चारजना पक्राउ परे । कास्की प्रहरीका अनुसार हत्याको कारण सालीसँग रहेको अवैध सम्बन्धबारे लक्ष्मीले चाल पाउनु थियो ।

पछिल्ला यी तीन घटनाले समाजमा अपराधिक मनोवृत्ति कुन हदसम्म मौलाएको छ भन्ने देखाउँछ । पर्सामा ३५ वर्षीया संगीतालाई श्रीमानले घाँटी रेट्नुको कारण मादक पदार्थ मात्र हुनसक्ला ? जन्म दिने बुबाको ज्यान लिन एउटा छोरा किन पछि परेनन् ? उमेरले उत्तरार्द्धमा पुगिसकेका पोखराका रमेशले सालीसँग किन अवैध सम्बन्ध राखे ? हत्या मानिसका लगि किन सहज बन्दै गइरहेको छ ?

यो अपराध र समाजशास्त्रीहरुका लागि पनि खोजीको विषय होला । तर, यिनै तीन घटना पछिल्लो समय समाजमा बढ्दो अपराध श्रृंखलालाई बुझाउन पर्याप्त छन् ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको तथ्यांकअनुसार आर्थिक वर्ष आर्थिक वर्ष ०७५/०७६ मा ९.५ प्रतिशतले अपराध बढेको देखिएको छ । हत्या, आर्थिक अपराध र बालबालिका तथा जबरजस्तीकरणी सम्बन्धी अपराध ह्वात्तै बढेको देखिएको छ भने अझ गम्भीर पाटो अपराधमा नातेदारकै संलग्नता देखिने क्रम पनि बढ्दो छ ।

तथ्यांक अनुसार सार्वजनिक अपराध भने ३ हजार २ सय ६५ ले घटेको देखिएको छ ।

पहिले गुण्डागर्दी, अहिले साइबर क्राइम

प्रहरी तथ्यांकले अपराधको प्रवृत्ति पनि पछिल्लो वर्षमा फेरिँदै गएको देखाउँछ ।

‘अहिले पहिलेको जस्तो गुन्डागर्दी देखिँदैन भने विद्युतीय र आर्थिक अपराध बढेर गएको देखिन्छ’, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी भन्छन्, ‘यो प्रविधिको विकासले ल्याएको सजतासँगै भित्रिएको चुनौति पनि हो ।’

जोशीका अनुसार पाँच वर्षअघि आर्थिक वर्ष ०७१/०७२ मा विद्युतीय कसूर तथा साइबर अपराधमा ३५ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष आर्थिक वर्ष ०७५/०७६ मा यो संख्या बढेर १६७ पुगेको छ ।

बैंकिङ कसूर सम्बन्धी अपराधमा पनि यो आर्थिक वर्ष मुद्दा दर्ता संख्या ह्वात्तै बढेर गएको देखिन्छ । आर्थिक वर्ष ०७१/०७२ मा २६ वटा मात्रै बैंकिङ कसूर सम्बन्धी मुद्दा दर्ता भएकोमा अहिले ३ हजार १ सय ६७ मुद्दा दर्ता भएको एसएसपी जोशी बताउँछन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख सहकुलबहादुर थापा भने गुण्डागर्दी घट्नु र सामाजिक अपराध बढ्नुलाई जोडेर हेर्न नसकिने बताउँछन् । ‘अहिलेको टे«ण्डले यस्तो देखाए पनि दुवै विषय फरक हुन्’, एसएसपी थापा भन्छन् ।

अपराधीविरुद्ध प्रहरीको कानूनी कठोरताका कारण गुण्डागर्दी घटेको थापाको दाबी छ । ‘सामाजिक अपराध चाहिँ प्रहरीले चाहेर मात्रै कम हुँदैन । यसमा समाजका हरेक वर्ग जोडिन्छन्’, एसएसपी थापा भन्छन्, ‘यद्यपि, प्रहरीले चेतनामूलक कार्य पनि गरिरहेकै हुन्छ ।’

बढ्दो विद्युतीय अपराधको दरलाई लक्षित गरेर सरकारले साइबर अपराध ब्युरो पनि यसै वर्षदेखि स्थापना गरेको छ । ब्युरोका एसएसपी नविन्द अर्याल भन्छन्, ‘अहिले हरेक किसिमका कसूरमा साइबर अपराध पनि जोडिएर आउने गरेको छ । मानव बेचबिखनदेखि पेडोफाइलका केशसम्ममा साइबर जोडिएर आएका छन् ।’

उनका अनुसार साइबर अपराध बढ्नुमा इन्टरनेटको सहज पुहँचले पनि भूमिका खेलेको छ । ‘अहिले मुलुकको कुल जनसंख्या मध्ये ६४ प्रतिशतभन्दा बढी इन्टरनेटको पहुँचमा छ भने ९८ प्रतिशतसँग स्मार्ट फोन छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले सामान्य आवेगमा अरुको मान, प्रतिष्ठामा आघात पुर्‍याउने र चरित्र हत्या गर्ने माध्यम सामाजिक सञ्जाल बन्दै गएको छ ।’

उनले विद्युतीय अपराधको विविध आयाम भए पनि नेपाली समाजको परिप्रेक्ष्यमा फेसबुक, इमो, ह्वाटस एप जस्ता सामाजिक सञ्जाल जोडिएका अपराधलाई साइबर अपराधको पर्याय मान्न थालिएको बताए ।

‘कतिपय अज्ञानताका कारण विद्युतीय अपराधमा संलग्न हुने गरेका देखिन्छन् भने धेरैले रिसिबी साध्ने हतियार बनाइरहेका छन्’, उनी भन्छन् ।

यो पनि पढ्नुहोस अपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराध

अपराध संहिताका कारण मुद्दा दर्ता बढ्योः प्रहरी

प्रहरीको अपराध अनुसन्धान विभाग (सीआईडी) का प्रमुख पिताम्बर अधिकारी गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहितामा भएको बृहत व्यवस्थाका कारण पनि मुद्दा दर्ता संख्या बढेको बताउँछन् ।

‘नयाँ कानूनले कसूरको व्याख्यालाई फराकिलो बनाएको छ । जस्तैः आत्महत्याको घटनामा दुरुत्साहनको व्यवस्था छ, पहिले सार्वजनिक अपराध भनिन्थ्यो, अहिले त्यसअन्तरगत पनि ७/८ वटा व्यवस्था छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारी भन्छन्, ‘यो कानून व्यापक छ । अझै हामी अप्टिमम अभ्यासमा पुगिसकेका छैनौं ।’

आर्थिक अपराध वृद्धि भएको देखिनुमा चाहिँ चेक बाउन्सका मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिइनु पनि भएको देखिने प्रहरी अधिकृत बताउँछन् । ‘बैंकिङ कसूर अदालतबाट हेर्ने कि प्रहरीले भन्ने चर्चा भइरहन्छ, केही अघि अदालतले दिएको एउटा आदेशसँगै अहिले फेरि आर्थिक अपराधमा मुद्दा दर्ता संख्या घटेको छ’, एक अनुसन्धान अधिकृत भन्छन् ।

सहजै र छिटो धन कमाउने आकांक्षाका कारण पनि आर्थिक अपराध बढेको प्रहरी अधिकृतहरु बताउँछन् । प्रहरीको अपराध नियन्त्रण संयन्त्र चाहिँ कस्तो छ ? १० साउनमा भएको सम्पादकसँगको छलफलमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ७२.८ प्रतिशत अपराधको अनुसन्धानमा प्रहरीले सफलता प्राप्त गरेको दाबी गरेका थिए ।

डीआईजी अधिकारी अपराधको प्रवृत्ति विश्लेषण गरेर सोही अनुरुप योजना बनाइने गरिएको बताउँछन् । ‘प्रहरी प्रधान कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा समेत निश्चित अवधिको अपराध प्रवृत्तिको विश्लेषण गरिन्छ’, उनले भने, ‘सोही अनुरुप आन्तरिक नीति बन्छन् र बढ्दो क्रममा रहेका अपराधलाई न्यूनिकरणका लागि कार्यक्रम ल्याउने गरेका छौं ।’

प्रहरीले अपराध न्यूनिकरण र रिपोर्टिङ वृद्धिका लागि समुदाय–प्रहरी साझेदारी अभियान पनि सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता जोशी बताउँछन् ।

यो पनि पढ्नुहोस अपराधमा बर्दीधारी : भगौडादेखि बहालवालासम्म

परिवारभित्रै अपराधी

निर्मला हत्या प्रकरण जस्ता बहुचर्चित घटनाका दोषी पत्ता लगाउन नसक्दा पनि अपराधिक मनोवृत्तिका मानिसले टाउको उठाउने ठाउँ पाएका छन् ।

‘यौन जोडिएका अपराधमा चाहिँ त्यति धेरै होइन, संगठित प्रकृतिका अपराधमा चाहिँ अभियुक्त नसमातिँदा अपराधको श्रृंखला नै चल्ने गरेका देखिन्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन् । कतिपय जिल्ला र क्षेत्रमा प्रहरी प्रमुखको कडाइ र विगतको कार्यशैलीले पनि अपराध न्यूनीकरणमा टेवा पुर्‍याउने गरेको देखिन्छ ।

वैदेशिक रोजगारीले श्रीमान्–श्रीमतीमा ल्याएको विछोडले विवाहेत्तर सम्बन्धसहितका यौन अपराधलाई बढाइरहेको छ

‘नेपाल प्रहरीको सूचना र अनुसन्धान गर्ने क्षमतालाई नमूना मानिँदै आएको छ’, समाजशास्त्री कैलाशनाथ प्याकुरेल भन्छन्, ‘तर, कतिपय घटनामा बाध्यता वा दबाबले न्याय निरुपण ढिलो हुँदा अपराधीको मनोबल बढिरहेको छ ।’

तर, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भने अपराधका किसिम अनुसार वृद्धि हुनुपछाडिका कारण पनि फरक देखिने बताउँछन् । ‘हरेक अपराधको आ–आफ्नो नेचर र प्याटर्न हुन्छ, सबैलाई एकैठाउँमा राखेर हेर्न मिल्दैन’, उनी भन्छन्, ‘कतिपय सम्बन्धित व्यक्तिसँग जोडिन्छन् भने कतिपय समाजसँग पनि जोडिन्छन् ।’

ठकुरी रिपोर्टिङ बढेको कारण मात्रै अपराध बढेको भन्ने प्रहरीको पुरानै तर्कलाई भने समर्थन गर्दैनन् । उनी भन्छन्, ‘०४६ सालदेखि अहिलेसम्म रिपोर्टिङ बढेको भनेर मात्र हुँदैन । अब गम्भिर अध्ययन जरुरी छ ।’

प्रहरीका लागि टाउको दुखाइको विषय बढेको जबरजस्तीकरणी सम्बन्धी अपराधको दर आर्थिक वर्ष २०७५/०७६ मा ५० प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष ०७४/०७५ मा १ हजार ४८० बलात्कारका घटना प्रहरीमा दर्ता भए भने यो वर्ष २ हजार २ सय ३३ मुद्दा दर्ता भएको तथ्यांकले देखाउँछ ।

अझ गम्भिर पाटो जबरजस्तीकरणी सम्बन्धी अपराधमा अधिकांश पीडक परिवार र चिनजानकै व्यक्ति रहेको देखिन्छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षमा दर्ता भएको जबरजस्तीकरणी सम्बन्धी मुद्दामा साथीभाइ र छिमेकीबाट २७ प्रतिशत अपराध भएको तथ्यांकले देखाउँछ ।

त्यस्तै, एकैघर परिवारबाट ४, नातेदारबाट ३, शिक्षक/मालिकबाट ३ र अन्य चिनेजानेका व्यक्तिबाट ३७ प्रतिशत जबरजस्तीकरणीका घटना भएका छन् । नचिनेको व्यक्तिबाट हुने जबरजस्तीकरणीको घटना भने २६ प्रतिशत छ ।

कर्तव्य ज्यान सम्बन्धी कसूरमा पनि परिवारकै सदस्य वा नातेदार दोषी ठहरिएका घटना ३१ प्रतिशत छन् । पछिल्लो चार वर्षको अवधिमा २२ सय हत्याका घटना भए मध्ये ६ सय ८४ वटा घटनामा आफन्त नै संलग्न पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस भाडाका हत्याराः कन्ट्रयाक्ट किलिङको अन्तर्राष्ट्रिय कनेक्सन

उदण्ड समाज

समाजशास्त्री प्याकुरेलका अनुसार नेपाली समाज उदण्ड बन्दै गएको छ । उनका अनुसार जनसंख्या वृद्धि, आधुनिकीकरण र शहरीकरणसँगै मानिसले आफ्नो मूल्य, मान्यतालाई भुल्दै गएको छ ।

‘यसले मानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ । पहिचान, लाज र डर हराउँदै गएको छ । जसले अनुशासनहीनतालाई बढाइरहेको छ’, प्याकुरेलले अनलाइनखबरसँग भने, ‘वैदेशिक रोजगारीले श्रीमान्–श्रीमतीमा ल्याएको विछोडले पनि विवाहेत्तर सम्बन्धसहितका यौन अपराधलाई बढाइरहेको छ ।’

महँगीसँगै बढ्दो आकांक्षालाई परिपूर्ती गर्ने ध्याउन्नमा मानिस गलत कार्यतिर लागि रहेको उनी बताउँछन् । ‘पहिले ताल्चा नलगाइ बाहिर निस्किन सकिने समाजमा अहिले पसलमा निस्किँदा पनि ढोका नलगाई हिँड्न सकिँदैन’, उनी भन्छन्, ‘एक हिसाबले समाजमा परिवर्तन नै छिटो भएको जस्तो पनि देखिन्छ ।’

जसले नैराश्यता, मानसिक समस्या र अपराधलाई जन्म दिइरहेको प्याकुरेलको बुझाइ छ । मनोविद् गोपाल ढकाल पनि अपराधसँग मनोवैज्ञानिक पाटो पनि जोडिएर आउने बताउँछन् ।

‘गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता लगायतका कारण मानिसमा फ्रस्टेसन जान्छ, जसले मानसिक रोगलाई जन्म दिन्छ’, उनले अनलाइनखबरसँग भने, ‘अहिले थुप्रैमा एन्टी सोसियल पर्सानलिटी भन्ने रोग देखिएको छ । जुन रोग लागेका विरामी सधैं अपराध गर्न उत्प्रेरित भइरहन्छन् ।’

अहिलेको समाज संक्रमणकालमा रहेको बताउँदै उनी भन्छन्, ‘राज्यसहित समाजका हरेक तह, तप्काले यस विषयमा सोच्नु जरुरी छ । किनकि, मानसिक रुपमा अस्वस्थ व्यक्तिले नै अपराध गर्ने हो ।’

निराशाले मानिसलाई मादक पदार्थको दलदलमा ठेलिरहेको छ, जसले बलात्कार र हत्या जस्ता जघन्य प्रकृतिका घटनालाई पनि बढाइरहेको छ ।



source https://www.onlinekhabar.com/2019/08/792498

प्रदेश २ का बेरोजगारलाई विना ब्याज ऋण दिने कृषिमन्त्रीको दाबी

१४ भदौ, जनकपुरधाम । दक्ष युवा जनशक्तिहरु रोजगारीका लागि विदेश पलायन हुने क्रम नरोकिएपछि प्रदेश २ सरकारले वैदेशिक रोजगारको आकर्षणलाई घटाउने अभियान सुरु गर्ने भएको छ ।

वैदेशिक रोजगारलाई कम गर्न र कृषिमै युवालाई आत्मनिर्भर बनाउँदै प्रदेशमै रोजगारी सिर्जना गर्ने अभियान केही दिनभित्रै सुरु हुनेछ ।

‘युवा विदेशिँदा प्रदेशको स्थिति भयावह बन्ने अवस्था देखापर्दैछ’ प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भन्छन्, ‘केहि युवा पश्चिमा देश र अधिकाँस युवा खाडी मुलुकमा गएपछि गाउँहरुमा महिला तथा बालबालिका मात्रै छन् । यो अवस्थाले प्रदेशलाई भयावह स्थितिमा पुर्‍याउन सक्छ ।’

प्रदेश सरकारले प्रदेशमै आफ्नै रोजगार र आफैं मालिक बन्ने कृषि नीति ल्याएको मन्त्री साह बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा मन्त्री साहले भने, ‘कम समयमा रोजगारीको कुनै सम्भावना छ भने त्यो कृषि नै हो । यसैले हामी कृषितर्फ युवालाई आकर्षित गर्दै कृषि कर्मबाटै उपार्जन गर्न प्रोत्साहित गर्ने नीतिमा अगाडि बढ्दैछौं ।’

युवाले अन्न तथा तरकारी खेती, पशुपालन या दूध उत्पादनका लागि आशय पत्र पेश गर्न सक्नेछन् । आशय पत्रमा माग गरे बमोजिमको रकम बिना व्याजमा प्रदान गरिने योजना प्रदेश सरकारको छ

बिना ब्याज ऋण उपलब्ध गराइने

प्रदेशका युवाहरु आफैं पनि केही गर्न सक्ने क्षमताको भएपनि आर्थिक अवस्था कमजोर भएकाले ऋण लिएर विदेश नै जानुपर्ने बाध्यतालाई हेर्दै प्रदेश सरकारले कृषि कर्म गर्नेलाई विना ब्याजको ऋण दिने व्यवस्था गर्न लागेको छ ।

मुख्यमन्त्री किसान उत्थान कार्यक्रम अन्तर्गत युवाहरुलाई ऋणको व्यवस्था गरिने मन्त्री साहले बताए । ‘यो कार्यक्रमको कार्यविधी निर्माण भइरहेको छ,’ साहले भने, ‘दशैंसम्म कार्यविधी निर्माण हुन्छ ।’

युवाहरुलाई रोजगारीका लागि प्रदेश सरकारले यसै बर्षदेखि कोष निर्माण गरेको छ । बाली संरक्षण, पशु संरक्षण र मत्स्य संरक्षण कोष । यो कोषबाट कुनै व्यवसायी गर्न रकम लिए व्याज लाग्दैन । प्याकेज अनुसार ऋण दिइने छ ।

मन्त्री साहले आलु खेतीको उदाहरण दिँदै भने, ‘कुनै युवाले आलु खेती गर्न चाहे त्यसको समायवधी तीन महिना हुन्छ । तर, ती युवालाई चार महिनाका लागि ऋण दिइनेछ । किनभने एक महिना त बजार लग्न पनि समय लाग्छ ।’

युवाले अन्न तथा तरकारी खेती, पशुपालन या दूध उत्पादनका लागि आशय पत्र पेश गर्न सक्नेछन् । आशय पत्रमा माग गरे बमोजिमको रकम बिना व्याजमा प्रदान गरिने योजना प्रदेश सरकारको छ । खेती गर्न, गाई, भैंसी पाल्न, कुखुरा पालन र माछा पालेर व्यवसाय गर्न मात्रै यो ऋण दिइनेछ’ मन्त्री साहले भने, ‘कसैले व्यक्तिगत रुपमा मागेमा यो ऋण दिइने छैन ।’

आठै जिल्लामा शीत भण्डार

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि नै प्रदेशका आठै जिल्लामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण सुरु गरेको छ ।

‘हिजोका दिनमा कृषकले उत्पादन गरेको सामग्री धेरै दिनसम्म राख्न नसक्दा सस्तोमै बेच्नुपर्ने बाध्यता थियो’ मन्त्री साह भन्छन्, ‘आलु नै उत्दापन हुन्छ । तर, भण्डारण गर्ने ठाउँ थिएन् । एकै सिजनमा फलेर पाक्ने आँप तीन चार महिनासम्म राख्दा कृषकलाई फाइदा हुने गरी शित भण्डार निर्माण गर्न लागिएको छ ।’

निर्माण गर्न लागिएको आधुनिक किसिमको शीत भण्डारमा अन्न्बाली, फलफूल, तरकारी सबै राख्न सकिनेछ । शीत भण्डारमा राखेर लामो समयसम्म बेच्न पाए कृषकले बजार भाउ पनि राम्रो पाउने विश्वास उनको छ । यसले उत्पादन बढाउन पनि मद्दत गर्ने बताउँछन् मन्त्री साह ।

प्रत्येक स्थानीय तहमा चिस्यान केन्द्र 

प्रदेश २ सरकारले दूधमा कमी आउन नदिन प्रत्येक स्थानीय तहमा चिस्यान केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । यही आर्थिक वर्षभित्र प्रदेश २ का १ सय १६ वटै स्थानीय तहमा चिस्यान केन्द्र खोल्ने योजना रहेको मन्त्री साहले सुनाए । ‘विश्व स्वास्थ्य संगठनले एक व्यक्तिलाई एक बर्षमा कम्तीमा ९१ लिटर खानुपर्ने भनेको छ ।

तर, प्रदेशमा यति दूध पाइरहेको छैन् । ७१ लिटरसम्म मात्रै उत्पादन भइरहेको छ’ मन्त्री साहले भने, “पशुपालनका लागि बिभिन्न कार्यक्रम ल्याउँदै प्रत्येक स्थानीय तहमा चिस्यान केन्द्र स्थापना गरेपछि यो समस्या हट्नेछ ।”

दूधको कमी हुन नदिनका लागि यी चिस्यान केन्द्रहरुसँग सहकार्य गरी प्रदेश स्तरमा तीन वटा डेरी खोलिने नीति पनि प्रदेश सरकारले लिएको छ । नीजि, सहकारी र समूहगत क्षेत्रसँग समन्वय गरी ५० प्रतिशत अनुदानमा डेरी खोल्ने योजना रहेको उनले सुनाए ।

अर्गानिक मल कारखाना

नेपालको सात वटा प्रदेशमध्ये प्रदेश २ कृषिप्रधान प्रदेश भए पनि मल अभावकै कारण कृषकहरु पीडित बन्दै आएको बताउँछन् मन्त्री साह । रसायनिक मलको जहिल्यै पनि अभाव रहने गरेको बताउँदै मन्त्री साहले देशमै ७ मेटि्रक टन रसायनिक मल जरुरी भएपनि ४ लाखभन्दा माथि कहिल्यै आपूर्ती हुन नसकेको बताउँछन् ।

‘यो समस्या आउनुको कारण मुलुकमा एउटा पनि रसायनिक मलको कारखाना नहुनु हो’ उनी भन्छन्, ‘यो मलको आपूर्ती भोलिका दिनमा राम्रोसँग हुन्छ भन्ने कुराको ग्यारेन्टी पनि छैन ।’

रसायनिक मलको कारखाना स्थापना गर्न धेरै महँगो हुने बताउँदै मन्त्री साहले स्थापना गरिहालेपनि यसको कच्चा पदार्थ अति नै महँगो भएकाले उत्पादन गर्न नसकिने बताउँछन् । ‘अब रसायनिक मलभन्दा कृषकलाई आर्गेनिकतर्फ आकर्षण गर्नु जरुरी छ’ उनी भन्छन्, ‘यसै बर्ष आर्गेनिक मलको कारखाना प्रदेश सरकारले संचालन गर्नेछ ।’

उनले प्रदेशको पूर्वी क्षेत्र सप्तरी, मध्य क्षेत्र धनुषा र पश्चिमी क्षेत्र पर्सामा एक/एकवटा अर्गानिक मलको कारखाना प्रदेश सरकारले संचालन गर्ने बताए । तीन ठाउँमा कारखाना भएपछि प्रदेशभरिका जनतालाई सहज हुने उनको विश्वास छ ।



source https://www.onlinekhabar.com/2019/08/792500

Friday, 30 August 2019

५० एसपीको सरुवा (नामावलीसहित)

१४ भदौ, काठमाडौं । नेपाल प्रहरीले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयअनुसार एसपीहरुको सरुवा गरिएको प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

३८ किलो सुनकाण्ड प्रकरणका आरोपी विकासराज खनाल बारामा सरुवा भएका छन् । पक्राउसमेत परेका उनलाई उच्च अदालत मोरङले साधारण तारेखमा रिहा गरेको थियो । त्यतिबेला उनी मकवानपुरमा एसपी थिए र २०७५ वैशाख ११ गते पक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

विभिन्न जिल्ला प्रदेश प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, दङ्गा नियन्त्रण, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत विभिन्न कार्यालयमा कार्यरत एसपीहरुको पनि सरुवा भएको छ ।

हेर्नुहोस् एसपीहरुको सरुवा सूची

यो पनि पढ्नुहोस एसपी खनाल र दुई सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा यो पनि पढ्नुहोस साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’ यो पनि पढ्नुहोस सुनकाण्डमा को को मुछिए ? को को भागे ? (हेर्नुस् ६३ जनाको सूची) यो पनि पढ्नुहोस डिआईजी शाहले सुटुक्क भेटे हिरासतमा रहेका ३ प्रहरी अधिकारीलाई यो पनि पढ्नुहोस सुन ‘भरिया’ काे घरमा आमा र श्रीमती बुच्चै, तस्करको कोपभाजनमा उजाडियो एउटा परिवार

 

 



source https://www.onlinekhabar.com/2019/08/792485

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More