Thursday 29 August 2019

फेडेरर यूएस ओपनको तेस्रो चरणमा प्रवेश

१२ भदौ, काठमाडौं । विश्व नम्बर एक खेलाडी रोजर फेडेरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन ।

न्युयोर्कमा बिहीबार भएको दोस्रो चरणको खेलमा बोसनियाका दामिर जुमहुरलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् । उनले दामिरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेका हुन् ।

पूर्वविश्व नम्बर एक खेलाडी रोजर फेडेररले भारतीय खेलाडी सुमित नगाललाई पहिलो चरणमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।

त्यस्तै, आजै भएको अर्को खेलमा नोभाक जोकोभिचले अर्जेन्टिनाका जुहान लोन्डेरोलाई पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका छन् । उनले जुहानलाई ६–४, ७–६(७–३) र ६–१ को सेटमा पराजित गर्दै अन्तिम ३२ मा पुगेका हुन् ।



source https://www.onlinekhabar.com/2019/08/791983

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More