Monday, 26 August 2019

राजनीतिमा पुनरागमन गर्ने सञ्जय दत्तको तयारी

बलिउड अभिनेता सञ्जय दत्त करिब १० वर्षपछि पुनः एक पटक राजनीतिको मैदानमा उत्रिने तयारी गरिरहेको खबर सार्वजनिक भएको छ । महाराष्ट्रका एक मन्त्रीले उक्त कुराको जानकारी दिएका हुन् ।

महाराष्ट्र सरकारका क्याबिनेट मन्त्री महादेव जानकरले उक्त कुराको दावी गर्दै भनेका छन्, ‘सञ्जय दत्त राष्ट्रिय समाज पार्टी (आरएसपी)सँग आवद्ध हुने छन् ।’

महादेव जानकरका अनुसार सञ्जय दत्त आउँदो सेप्टेम्बर २५ का दिन उनको पार्टीमा सहभागी हुँदैछन् । आरएसपी महाराष्ट्रमा सत्तारुढ भाजपाको सहयोगी पार्टी हो ।

आरएसपीको वार्षिकोत्सवको अवसरमा सञ्जय दत्तले एउटा भिडियो जारी गर्दै महादेव जानकर तथा उनको पार्टीलाई बधाई दिएका थिए । भिडियोमा सञ्जय दत्तले भनेका छन्, ‘म राष्ट्रिय समाज पार्टीलाई धेरै-धेरै बधाई र सफलताको शुभकामना दिन्छु । पशुपालन तथा डेयरी विकास मन्त्री महादेव जानकर मेरा साथी हुन् ।’

सञ्जय दत्तका बुवा सुनील दत्त कांग्रेस पार्टीको ठूला नेता थिए । केही महिनाअघि सञ्जय आफ्नी बहिनी तथा कांग्रेस प्रत्यासी प्रिया दत्तका लागि मुम्बईको चुनाव प्रचार गरिरहेको देखिएका थिए ।

सञ्जय दत्त सन् २००९ मा समाजवादी पार्टीको टिकटमा लखनउबाट लोकसभा निर्वाचनका उम्मेदवार थिए, तर अदालतद्वारा शस्त्र अधिनियमका लागि उनको सजाय निलम्बन गर्न अस्वीकार गरेपछि उनी पछाडि हटेका थिए ।



source https://www.onlinekhabar.com/2019/08/791317

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More