Tuesday, 27 August 2019

बाबुरामले विखण्डन निम्याउन खोजे : भीम रावल

११ भदौ, कैलाली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताएका छन् ।

डा. बाबुराम भट्टराईले टीकापुरमै आएर जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको उनको आरोप छ । भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको उनले बताए ।

बुधबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले भट्टराईमाथि मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन लागेको आरोप लगाए । भट्टराईले संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न दिनु हुँदैन भन्दै आएको भन्दै नेता रावलले उनी जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुःख पाएको बताए ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केही दिन पहिले टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अधिकार प्राप्तीका लागि थप आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।



source https://www.onlinekhabar.com/2019/08/791650

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More