Wednesday, 28 August 2019

भियग्रा सेवनबाट भएका ४ दर्दनाक घटना

भियग्रा अर्थात् यौनबर्द्धक औषधि । यसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला । तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै पीडा बन्यो । भियग्रा सेवनका कारण भएका ४ चर्चित दुर्घटना यस्ता छन्ः

· सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली खाए । बेहोसीमा ३५ चक्की भियग्रा खानु उनका लागि ठूलै समस्या बनेर आयो । पाँच दिनसम्म उनी इन्तु न चिन्तु भए । उनलाई अस्पतालमा भर्ना गरियो । अवस्था लाजमर्दो थियो । तर डाक्टरहरुले उनको अवस्थालाई हेरेर नहाँस्न अस्पतालका सबै स्टाफहरुलाई उर्दी नै जारी गर्नुपर्यो । उक्त घटनापछि अहिलेसम्म पनि जिउँदै रहन सकेकोमा आफूलाई भाग्यमानी ठान्छन् डेनियल ।

· इटालीकी एक ५० वर्षीया महिलाले आफ्नो लोग्नेलाई हँसीमजाकमै वाइनमा दुईवटा भियग्रा हालिदिइन् । उनका पतिको उमेर निकै बढी भएको थियो । उनलाई भियग्राले खराब असर पुर्‍यायो, जसका कारण उनलाई हृदयाघात नै हुनपुग्यो । धन्न तत्कालै अस्पताल पुर्‍याइएकाले ज्यान जानबाट भने रोकियो ।

· घटना सन् २०१७ को हो । जर्जिना नामकी महिलालाई आफ्नो लोग्नेमाथि शंका लागिरहेको थियो । लोग्नेको साथबाट उनले भियग्राका चार गोली भेट्टाएकी थिइन् । लोग्नेले अरु कुने महिलासँग यौन सम्पर्क राख्नका लागि भियग्रा सेवन गर्ने गरेको उनको आशंका थियो । रिसको झोकमा उनले एकदिन पतिको हत्या गरिन् । टाउकोमा हथौडाले हिर्काएर उनले लोग्नेको हत्या गरेकी थिइन् ।

· सन् २०१२ मा चर्चित लेखक जेम्स एन्ड्रियूजले भ्यालेन्टाइन्स् डेकै दिनमा आत्महत्या गरे । रेलको लिकमा कुँदेर उनले आत्महत्या गरेका थिए । भियग्राको सेवन गर्ने गरेको पत्नीले थाहा पाएसँगै उनीसँग डिभोर्स गरेकी थिइन् । सोही पिरले उनले आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2019/08/791934

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More