१७ कात्तिक, काठमाडौं । समाजवादी पार्टीले उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य उम्मेदवार टुँगो लगाएको छ ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की-२ मा धर्मराज गुरुङलाई उम्मेदवार बनाउन लागेको समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
गुरुङ भूपू ब्रिटिश गोर्खा तथा इन्जिनियर हुन । पार्टी प्रदेश कमिटीले रामबहादुर नेपाली, किरण थापा र गुरुङको नाम सिफारिस भएको थियो ।
यस्तै, बाग्लुङ-२ (ख)मा अशोककुमार बिक र दाङ-३ (ख)मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने भएको छ ।
source https://www.onlinekhabar.com/2019/11/808156
0 comments:
Post a Comment