Saturday, 25 January 2020

पश्चिम सेतीका लागि कचौरा बोकेर प्रदर्शन

११ माघ, काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’को नारा दिएर युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो । तर लामो समय आयोजना ओगटेर बसेको उसले क्षमता घटाएर पनि बनाउन चाहेन । बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेती बाहिरयो ।

अहिले एसआर-६ समेत बनाउने गरी पश्तिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर



source https://www.onlinekhabar.com/2020/01/831182

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More