१२ फागुन, काठमाडौं । चीन सरकारले नेपाली नागरिकलाई दिँदै आएको प्रवेशाज्ञा (भिसा) को दस्तुर झण्डै दोब्बरले वृद्धि गरेको छ ।
चीनले यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै शुल्क वृद्धिको निर्णय गरेको हो । योसँगै चीनको भिसाका लागि २ हजार २ सय तिर्दै आएका नेपालीले अब ६ हजार १ सय रुपैयाँ तिर्नुपर्ने छ ।
यसअघि चिनियाँ दूतावासले चार दिनभित्र भिसा लिन चाहनेसँग २ हजार २ सय, तीन दिनभित्र भिसा लिन ४ हजार ९ सय र दुई दिनभित्र लिन ६ हजार दुई सय रुपैयाँ लिँदै आएको थियो । अब त्यसमा भिसा सेन्टरले क्रमशः ३ हजार ९ सय, ५ हजार ८ सय ५० र ७ हजार ८ सय रुपैयाँ सेवा शुल्क थप गरेर रकम लिने छ ।
भिसा सेन्टरका निर्देशक झाङ्ग चियोङ्गले सञ्चालन खर्च, कर्मचारी, उपकरण, नेपालको कानूनअनुसारको करलगायत कारणले भिसा शुल्क वृद्धि गर्नुपरेको जानकारी दिए ।
त्यस्तै, अन्य देशका नागरिकसँग भिसाबापत लिँदै आएको शुल्कमा पनि वृद्धि भएको छ ।
हेर्नुहोस् भिसा शुल्कको विवरण
source https://www.onlinekhabar.com/2020/02/839136
0 comments:
Post a Comment