Thursday, 2 July 2020

चरा ठोक्किएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउन्डेड

१९ असार, काठमाडौं । कुवेतबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ ।

जहाजमा बिहीबार बिहान ८ः३० बजे अवतरणका क्रममा चरा ठोक्किएको थियो । त्यसक्रममा जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।

उक्त जहाज ग्राउन्डेड भए पनि अहिले निर्धारित उडान भने प्रभावित नहुने ती अधिकारीको भनाइ छ ।

नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा कुल ४ वटा जहाज छन् ।



source https://www.onlinekhabar.com/2020/07/878516

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More