Thursday, 2 July 2020

अच्रफ हाकिमी रियल मड्रिडबाट इन्टर मिलान पुगे

१९ असार, काठमाडौं । रियल मड्रिडका फुल ब्याक अच्रफ हाकिमी इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । दुई क्लबबीच हाकिमीको ट्रन्सफरबारे बिहीबार सम्झौता भएको हो ।

२१ वर्षीय डिफेण्डरका लागि इन्टरले ४० मिलियन युरो तिरेको छ र अरु ५ मिलियन युरो पछि थप हुन सक्नेछ ।

हाकिमीले इटालियन क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् र २०२५ सम्म इन्टरमै रहनेछन् ।

हाकिमीका एजेन्ट अलेजान्द्रो कामानोले उनी जर्मन क्लब बोरुसिया डर्टमण्डमा लोन अवधी सकाएर स्पानिस क्लब रियल मड्रिड नै फर्किन चाहेको बताएका थिए तर हाकिमीले भने नयाँ यात्रा तय गर्ने निर्णय गरिसकेका थिए ।

उनले खेल्ने पोजिसनमा रियलमा डानी कार्भाजलले राम्रो खेलिरहेकोले पनि हाकिमीले इटालियन सिरी ए रोजेका हुन् ।



source https://www.onlinekhabar.com/2020/07/878505

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More