Saturday, 2 January 2021

ग्लोबल आइएमई बैंक १४ औं वर्षमा प्रवेश, प्राथमिक पूँजी २७ अर्ब पुग्यो

ग्लोबल आइएमई बैंक शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमानै बैंक पूँजी, व्यवसाय, शाखारसञ्जाल समेतका हिसाबले नेपालकै ठुलो तथा मजबुत बैंक बनेको छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४% बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ ।

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सिडिएस क्लियरिङ काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

बैंकको १४औं वार्षिक उत्सवको अवसरमा बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जरपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताए ।

“कोभिड–१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवालाई सबैले सम्झिने छन् । यसले बैंक व्यवसाय मात्र नभई आपत विपतको साथी र संकटको सारथी पनि हो भन्ने कुरालाई स्थापित गरेको छ,” उनले भने, “यसलाई हामीहरुले आफ्नो व्यवहार र सेवाले थप मजबुद र प्रष्ट पार्दै जानेछौं ।”



source https://www.onlinekhabar.com/2021/01/920748

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More