Tuesday 16 August 2022

फागुन १९ मा ‘परस्त्री’सँग जुध्दै आँचलको ‘वर एण्ड वधु’

काठमाडौं । मिलन चाम्सको निर्देशनमा छायांकन भैरहेको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आए लगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् ।

निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म फागुनको १९ गतेबाट रिलिज हुनेछ । फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य र हिमेश पन्तको मुख्य भूमिका छ ।

रोमानियामा छायांकनका केही तस्वीर समेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् । फिल्मको बाँकी सुटिङ नेपालमा हुने तयारीमा छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म तयार भएको हो । कार्यकारी निर्माता अमित रिजाल हुन् । जानुका थापाको लगानी छ ।

भदौ र असोजपछि नेपाली फिल्मका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ । मंसिर ४ गते हुने संसदीय चुनाव र सोही दिनदेखि आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैतलाई फिल्मलाई लक्षित गरिरहेका छन् ।

फागुन १९ मा सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’ पनि रिलिज तयारीमा छ । फागुनमा पाँचगते प्रशान्त तामाङको ‘परदेशी २’सँग दयाहाङ राई स्टारर फिल्म ‘बिहेपास’ पनि जुध्ने पक्का भएको छ । फागुनमा नै ‘छक्कापञ्जा’को चौंथो श्रृंखला आउने चर्चा पनि छ ।

 



source https://www.onlinekhabar.com/2022/08/1175093

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More