Wednesday 17 August 2022

देव गुरुङलाई महासचिव बनाउने प्रचण्डको तयारी

१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।

माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् ।

माओवादीको महासचिवमा नेताहरु जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए । तर प्रचण्डले ती दुईमध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ ।

‘रातभरिमा परिस्थितिमा फेरबदल नआए गुरुङ महासचिव बन्नेछन्’ स्रोतले भन्यो ।



source https://www.onlinekhabar.com/2022/08/1175665

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More