Friday 19 August 2022

पश्चिम नेपालमा भूकम्पको धक्का

४ भदौ, काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।



source https://www.onlinekhabar.com/2022/08/1176769

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More