Monday 15 August 2022

बाबुराम लगायतसँग सहकार्यबारे माओवादी बैठकमा छलफल हुँदै

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य र मोर्चाबन्दीबारे छलफल हुने एक नेताले जानकारी दिए ।

डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न  लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ ।

हिजो नै बस्ने भनिएको स्थायी कमिटी बैठक नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै आज बिहानसम्मका लागि सारिएको थियो ।

आजको बैठकमा आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित कार्यक्रम र नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/08/1174261

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More