Sunday 21 August 2022

अश्लील नृत्य गर्ने ९ जनालाई नियन्त्रणमा लिएर छोडियो

६ भदौ, जनकपुरधाम । महोत्तरी प्रहरीले अश्लील नृत्य प्रस्तुत गर्ने ९ जना नर्तकीलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको अर्केष्ट्रामा अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कृष्णाजन्मष्टमीको अवसरमा राखिएको अर्केष्ट्रामा भारतबाट बोलाइएकी नर्तकीले अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी गौशालाका प्रमुख प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।

उनका अनुसार गौशाला नगरपालिकाको वडानम्बर २ निगौलबाट ४ जना तथा वडा नम्बर ११ बाट ५ जना नर्तकीलाई नियन्त्रणमा लिइएको छ । उनीहरु नाचगानका लागि भारतको बिहार राज्य अन्तर्गत सितामढीबाट भाडामा आएको प्रहरीले जनाएको छ ।

प्रहरीले वडा नम्बर ११ बाट नर्तकीलाई नियन्त्रणमा लिने क्रममा केही व्यक्तिले प्रहरीमाथि आक्रमणको प्रयास पनि गरेका छन् । त्यस क्रममा दुई जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले पक्राउ परेका नर्तकीलाई आइन्दा नेपाल छिरेर यस किसिमको नृत्य नगर्न चेतावनी दिदैं सम्बन्धित कम्पनीको जिम्मा लगाएको र आक्रमणको प्रयास गर्नेविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

चाडपर्व नजिकिएसँगै मधेशका जिल्लामा अर्केष्ट्रा आयोजन गर्ने क्रम बढेको छ । पछिल्लो पटक रौतहटमा आयोजना गरिएको अर्केष्ट्रामा बर्दी लगाएका एक जना प्रहरी नायब निरीक्षक (सई) नाच्न थालेपछि उनलाई कारबाही गरिएको थियो ।

गढीमाई नगरपालिकाको वडा नम्वर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा आयोजित अर्केष्ट्रामा सई राजकिशोर साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ ।

नेपाल प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/08/1177833

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More