Sunday 21 August 2022

सलमान र चिरञ्जीवि अभिनित ‘गडफादर’को टिजर रिलिज, दशैंमा फिल्म आउँदै

काठमाडौं । दक्षिण भारतीय अभिनेता चिरञ्जीवि र बलिउड अभिनेता सलमान खानको सहकार्य रहेको फिल्म ‘गड फादर’को टिजर ट्रेलर सार्वजनिक भएको छ ।

टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ । उसले जहाँ पाइला राख्छ, त्यसलाई कसैले बेवास्ता गर्न नसक्ने जनाइएको छ । गडफादरको भूमिकामा चिरञ्जीवि छन् ।

टिजरमा २० वर्षसम्म गडफादर चरित्र कहाँ लुकेको थियो, जब ऊ ६ वर्ष पहिले नै फर्किएर आयो, तब जनता खुशि हुन सकेनन् भन्ने पृृष्ठभूमिबाट टिजर सुरु हुन्छ । तर, नयनतारा उसको पुनरागमनबाट आशा राख्छिन् ।

ठगहरुलाई कुटपिट गर्दा चिरञ्जीविको अनुहार खुल्छ । राजनीति उसको हत्या भएको हेर्न चाहन्छन् र प्रहरी उसलाई पक्राउ गर्न चाहन्छ किनकी उसलाई संसारकै ठूलो डन सलमान खानको समर्थन छ ।

मलायमल फिल्म ‘लुसिफर’को रिमेक रहेको यो फिल्ममा चिरञ्जीविले मोहनलालको भूमिका निर्वाह गरेका छन् । गडफादरमा सलमान पृथ्वीराज सुकुमारनको भूमिकामा देखिनेछन् भने नयनताराले मञ्जु वारियरको भूमिका निर्वाह गर्नेछिन् ।

मोहन राजा निर्देशित यो फिल्म सलमान खानको पहिलो तेलुगु फिल्म हो । यो फिल्म दशैं छेकोमा असोज १९ गते रिलिज हुनेछ ।



source https://www.onlinekhabar.com/2022/08/1177867

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More