Tuesday 16 August 2022

१६ वर्षअघि कोटेश्वरमा हत्या गरी भागेका व्यक्ति कतारबाट पक्राउ

३१ असार, काठमाडौं । १६ वर्षअघि भएको हत्याको घटनामा संलग्न एकजनालाई प्रहरीले कतारबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग सहकार्य गरेर प्रहरीले २ साउन २०६३ मा कोटेश्वरमा कुटपिट र धारिलो हतियार प्रहार गरी भएको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

उनका अनुसार घटनामा संलग्न रही फरार रहेका दोलखा बैतेश्वर गाउँपालिका–२, टारका ३६ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको हो ।

मगर वैदेशिक रोजगारीका क्रममा कतारमा गएर लुकेर बसेको खुलेपछि इन्टरपोलमा रेड नोटिस जारी गरिएका थियो । त्यसको आधारमा उनलाई कतारले डिपोर्ट गरेको थियो ।

मंगलबार काठमाडौं ल्याएर उनलाई अपराध अनुसन्धान कार्यालय बुझाइएको छ । थप कानूनी प्रक्रिया जिल्ला प्रहरी परिसर, काठमाडौंबाट अघि बढ्नेछ ।



source https://www.onlinekhabar.com/2022/08/1175057

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More