२० फागुन, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको नापोली लिगमा दोस्रो पटक पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा नापोली घरेलु मेदानमै लाजियोसँग १-० ले पराजित भएको हो ।
जितपछि लाजियो दोस्रो स्थानमा उक्लेको छ । लाजियोलाई जित दिलाउन माटियस भिसिनोले ६७औं मिनेटमा निर्णायक गोल गरे ।
नापोलीले पछिल्लो ६ खेलमा बेहोरेको यो पहिलो गोल हो ।
सिरी ए मा सर्वाधिक १९ गोल गरेका नापोलीका भिक्टोर ओसिमहेन गोल नजिक पुगेपनि उनको हेडर क्रसबारमा लागेको थियो ।
सन् १९९० पछि पहिलो पटक इटलीको शीर्ष डिधिजनको उपाधि जित्ने लक्ष्यमा रहेको नापोली २५ खेलबाट ६५ अंकसहित शीर्ष स्थानमै छ र दोस्रो स्थानमा उक्लेको लाजियोमाथि १७ अंकको अग्रता बनाएको छ ।
लाजियोले २५ खेलबाट ४८ अंक जोड्दै दुवै मिलान क्लबलाई पछि पारेको छ ।
source https://www.onlinekhabar.com/2023/03/1271929
0 comments:
Post a Comment