१९ कात्तिक, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको बीउमा ४० प्रतिशत अनुदान दिने भएको छ ।
नगरपालिकाले गत वर्ष पनि गहुँको बीउमा किसानलाई ४० प्रतिशत अनुदान दिएको थियो । विगत वर्षझैं यस वर्ष पनि नगरपालिकाले अनुदान दिने निर्णय गरेको हो ।
बीउमा दिइएको अनुदानले किसान लाभान्वित भएपछि गत वर्ष बीउमा दिइएको अनुदानलाई निरन्तरता दिइएको तिलोत्तमाका नगर प्रमुखख वासुदेव घिमिरेले बताए । यसका लागि नगरपालिकाभित्रका सहकारी संस्थाहरुसँग समन्वय गरिएको उनले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकामा झण्डै सात सय क्विन्टल गहुँको बीउ आवश्यक पर्ने अनुमान गरिएको कृषि शाखाका बागवानी विकास अधिकृत जीवन आचार्यले जानकारी दिए ।
अनुदानमा गहुँको बीउ वितरण गर्न सम्बन्धित वडा कार्यालयमार्फत एकसाताभित्र कृषकको विवरण र गहुँको मागको परिमाण पठाउन पनि नगरपालिकाले आग्रह गरेको छ ।
अनुदानको बीउ सबै किसानले प्राप्त गर्ने गरी आवश्यक व्यवस्था मिलाइने नगरपालिकाकाले जनाएको छ । नगरपालिकाले दुग्ध उत्पादक किसानलाई पनि प्रति लिटर एक रुपैंयाँको दरले अनुदान दिँदै आएको छ । नगरलाई कृषिमा आत्मनिर्भर बनाउन अनुदान कार्यक्रम विस्तार गर्दै जाने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
तिलोत्तमा नगरपालिकामा झण्डै सात सय क्विन्टल गहुँको बीउ आवश्यक पर्ने अनुमान गरिएको कृषि शाखाका बागवानी विकास अधिकृत आचार्यले जानकारी दिए ।
source https://www.onlinekhabar.com/2019/11/808681
0 comments:
Post a Comment