Monday, 4 November 2019

नेकपा सचेतक शान्ता चौधरी चढ्ने गाडी दुर्घटना

१९ कात्तिक, दाङ । नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ । यद्यपि सो गाडीमा चौधरी थिइनन् ।

सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।

चालक रतन चौधरी सकुशल छन् । उनले सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताएका छन् ।

गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए ।

सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।



source https://www.onlinekhabar.com/2019/11/808680

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More