१९ कात्तिक, सप्तरी । जिल्लाको कञ्चनररूप नगरपालिका–६, जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काइ त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खाँदा रु २५ हजार मूल्य बराबरको क्षति भएको चौधरीले बताए । प्रहरी र स्थानीयवासीले हात्तीलाई जंगलतर्फ लखेटेका छन् ।
शनिबार राति र आइतबार बिहान अग्निसाइर कृष्णसवरण गाउँपालिका–६, मोहनपुरस्थित १० घर हात्तीले भत्काएको थियो । आरक्षणबाट आएका ४ हात्तीले १० घर भत्काएको स्थानीयवासी दुःखी यादवले बताए । यादवसहित हात्तीले कमानसिंह मगर, मञ्जु कार्की, रोमा परियारलगायतका घर भत्काएको थियो ।
हात्तीको समूहले कोदोबारी, केराबारीसमेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको आक्रमणमा परी बर्सेनि मान्छेको ज्यान जानुका साथै सयौं बिघामा लगाएको अन्नबाली नष्ट पार्दा समेत कुनै निकायले रोकथामका लागि पहल नगरेको स्थानीयवासीको गुनासो छ ।
source https://www.onlinekhabar.com/2019/11/808675
0 comments:
Post a Comment