१९ कात्तिक, काठमाडौं । एभर्टनविरुद्धको खेलमा रातो कार्ड पाएका आफ्ना फरवार्ड सन ह्युङ मिनलाई बचाउ गर्दै टोटनह्यामले अपिल गरेको छ ।
टोटनह्यामले प्रिमियर लिग फुटबलमा आइतबार राति एभर्टनसँग १–१ गोलको बराबरी खेलेको थियो । खेलकै दौरानमा ७९ औं मिनेटमा सन ह्युङ मिनले एभर्टनका आन्द्रे गोमेजलाई ट्याकल गर्न पुगेका थिए । योसँगै सनले रातो कार्ड खाएका थिए ।
खुट्टामा गम्भीर चोट बोकेका गोमेजको भने सोमबार शल्यक्रिया भएको छ ।
सन ह्युङ मिनको गोमेजलाई घाइते बनाउने कुनै मनसाय नभएको भन्दै उनले पाएको रातो कार्डविरुद्ध टोटनह्यामले अपिल गरेको हो ।
यदि यो अपिल खारेज भएमा प्रिमियर लिगको आगामी तीन खेल गुमाउने छन् । टोटनह्यामले सेफिल्ड युनाइटेड, वेस्ट ह्याम र वर्नेमाउथसँगको खेल गुमाउन सक्ने छन् । आफ्ना मुख्य फरवार्ड गुमाउने डरले टोटनह्यामले अपिल गरेको हो ।
source https://www.onlinekhabar.com/2019/11/808665
0 comments:
Post a Comment