Monday, 4 November 2019

जीप दुर्घटनामा प्रदेशसभा सदस्य र त्रियुगानगर उपप्रमुख गम्भीर घाइते

१९ कात्तिक, गाईघाट । उदयपुरको चौदण्डी–७ को भुल्के भन्ने स्थानमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते दुवै जनाको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए । बुढामगरका अनुसार, जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य छ ।

जीप अनियन्त्रित भई सडकमै पल्टिएको छ ।



source https://www.onlinekhabar.com/2019/11/808667

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More