Wednesday, 1 April 2020

बलात्कारका आरोपी हिरासतमा मृत भेटिए

२० चैत, बुटवल । बलात्कार आरोपमा पक्राउ परेका कपिलवस्तुमा एक व्यक्ति प्रहरी हिरासतमा नै मृत अवस्थामा भेटिएका छन्।

छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा आत्महत्या गरेका हुन् ।

शौचालयको भेण्टिलेटरमा गएराति तन्ना बेरेर आत्महत्या गरेको प्रहरी निरीक्षक आयुशप्रसाद जोशीले बताए ।

घटनाको चेकजाँच र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तौलिहवावाट प्रहरी नायव उपरीक्षक सुनील मल्लको नेतृत्वमा टोली ईलाका प्रहरी कार्यालय पिपरामा पुगेको छ।



source https://www.onlinekhabar.com/2020/04/850262

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More