Friday, 3 July 2020

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो, स्थानीय भन्छन्- १७ घर पुरिए

२० असार, काठमाडौं । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । क्षतिको एकिन विवरण भने आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले अनलाइनखबरसँग भने, ‘पहिरोले आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई पनि घटनास्थलमा जान भनिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले पनि प्रहरीहरु घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको बताए । डिएसपी बमले अनलाइनखबरसँग भने, ‘पहिरोले बाटो पनि बगाएको छ । खोलामा बाढी पनि आएको छ । त्यसैले हाम्रो टोली पहिरो गएको भनिएको स्थानसम्म पुग्न सकेको छैन र क्षतिको विवरण पनि प्राप्त भएको छैन ।’

स्थानीय लोकेन्द्र विकले भने अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन् ।



source https://www.onlinekhabar.com/2020/07/878780

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More