Thursday, 5 August 2021

राष्ट्रपतिद्वारा कोरोना नियन्त्रणबारे प्रधानमन्त्रीसँग चासो व्यक्त

२२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए ।



source https://www.onlinekhabar.com/2021/08/994636

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More